ट्‍वेल्थ फेल : इमान र संघर्षको कथा  

Jan 26, 2024 - 23:47
 0
ट्‍वेल्थ फेल : इमान र संघर्षको कथा  

ललितपुर । विधु विनोद चोपडाको निर्देशनमा बनेको ‘ट्वेल्थ फेल’ एक प्रेरणादायी फिल्म हो । भारतीय बक्स अफिसमा राम्रो कमाइ गरेको यो फिल्म शिक्षा र परीक्षा प्रणालाीका चुनौतीेको कथावस्तुमा बनेको छ । फिल्ममा आइपीएस संघर्षरत एक छात्रको कथा छ । जसले वास्तविक जीवनको उतार चढाव देखाउँछ । यो फिल्म इमानदार संघर्ष गर्नेहरुको लागि प्रेरणादायी बन्नेछ । जो हर दुःख, अभाव, समस्याहरुसँग सामना गरेर इमानको लडाइँले नै जित्नेको कथा हो । 

मनोज शर्मा ‘विक्रान्त मेस्सी’को वरिपरि घुमेको कथामा १२ कक्षाको बोर्ड परीक्षामा फेल भएका मनोजले असफल्ताका बाजदूत हार नमानी फेरि यूपीएससी परीक्षामा ध्यान दिन्छन् । उनी यति सामान्य देखिन्छन् कि कुनै पनि विद्यार्थीले उनमा आफूलाई देख्न सक्छन् । जसले हार कहिले स्वीकार्दैन र निरन्तर दुःख, अभाव र समस्याहरु इमानपूर्वक लडिरहन्छ । रोचक पात्रहरुले भरिएको यो फिल्म धेरैको भावना झल्काउने प्रेम, साहस, साथ, एकता र विश्वासको कथा हो । संघर्ष गर्नेहरुको कथा ‘ट्वेल्थ फेल’ले सपना मात्रै देखाउँदैन सपना पुरा गर्न सिकाउँछ । मित्रता, सम्बन्ध र प्रेम कस्तो हुनुपर्छ भन्ने कुरा देखाउँछ । 

सफल बन्न मानिसलाई आफ्नो संघर्ष आफै लेख्ने स्वतन्त्रता हुन्छ । विद्यालयदेखि फेल हुँदै आएका यो फिल्मका मुख्य पात्र मनोजले हार कहिल्यै मान्दैनन् र थाक्दैनन् । आफ्नो सपना ‘आईपीएस’ बन्नका लागि उनले हार नमानी गरेको निरन्तर संघर्षले हेर्ने दर्शकको मनमा बेग्लै उर्जा, प्रेरणा जगाउँछ । सत्य र सहि बाटोमा हिड्न उत्प्रेरणा दिन्छ । अरु पात्रहरुको भूमिकाले दशर्ककको मन भावुक उर्जावान बनाउँछ । यो फिल्मको अर्को मुख्य हुन् मेधा शंकर ‘श्रद्धा’ । उनी कथामा मिठो र वास्तविक रुपमा देखिएकी छन् । उनको उपस्थितीले मनोजको कष्टकर संघर्षले भरिएको जीवनमा बल पुग्छ उर्जा मिल्छ उज्यालो दिन्छ ।

कथालाई मजबुद बनाउने अर्का पात्र हुन् एक असफल आईएसका आकांक्षी ‘अशुमान पुष्कर’ । उनको मन निश्चल । त्यस्तै मनमा बस्ने अर्को पात्र हुन् मनोजकी हजुरआमा ‘सरिता जोशी’ । उनले आफ्नो नातीको सपना पुरा गर्न आफुले खर्च नगरी नखाई जोगाई राखेको पेन्सन नातीको सपना पुरा गर्नका लागि शहर जानेबेला दिएको दृश्यक निकै शार्थक छ । त्यस्तै, मनोजकी मेहनती आमाको भूमिका निभाएकी गीत शर्मा अग्रवाल भावुक देखिन्छन् तर, कथामा उनको दृश्य सशक्त छ । अन्याय विरुद्ध मनोजको परिवार सँधै अडिक रहन्छ र सत्य, ईमान्दारितामा शक्ति हुन्छ भन्ने देखाइएको छ । 

मोहन कुमार शर्माको वास्तविक जीवन कथामा आधारित यो फिल्म अनुराग पाटकदवारा लिखित सन् २०१९ को सोही नामको पुस्तकमा आधारित छ । मनोजकुमार र श्रद्धा जोशी शर्माको वास्तविक जीवनमा आधारित रहेर बनेको फिल्म ‘ट्वेल्थ फेल’मा वास्तविक कथा समावेश गरिएको हो । यो फिल्म चम्बलको एउटा सानो गाउँबाट दिल्लीको विस्मयकारी युपिएससी भवनसम्मको मोहनको यात्रा हो । यो फिल्मले विश्वभर राम्रो कमाइ गरेको छ । हिन्दीसँगै तामिल, तेलगु र कन्नड भाषामा रिलिज यो फिल्म ओटीटी, डिज्नी प्लस हटस्थारमा समेत रिलिज भइसकेको छ । तर, युट्युवलगायत प्लाटमार्फमा समेत पाइरेसी भएको छ्याप्छ्याप्ती भएको देखिन्छ ।

नेपालको हलबाट भने चाँडै उत्रिसकेको यो फिल्म समाजिक सञ्जालमा भने निकै चर्चा पायो । सोसल मिडियामा हेर्ने दर्शकले यो फिल्मको प्रशंसा गरेका छन् । यो फिल्मको अन्त्यतिरको सिनमा अभिनेता विक्रान्त मेस्सी ‘मनोज’ले आइपीएसको लागि अन्तरवार्ता दिएको एउटा दृश्य छ । अन्तरवार्तामा मनोजले आईपीएसका लागि आफ्नो यो अन्तिम प्रयत्न भएको बताउँछ । उक्त दृश्यमा मनोजले चर्चित नेपाली सगरमाथा आरोहीको उदाहरण दिएका छन्- जसले तपाईंलाई थप मर्मस्पर्शी र उद्देलित तुल्याउन सक्छ । अन्तरवार्ताका क्रममा मनोजले भनेका छन्- ‘सगरमाथा चढ्ने पहिलो मानिस एडमन हिलारी थिए सवले उनको फोटो देखेका छन् । तर आङरिता शर्पा पहिलो व्यक्ति थिए । जसले सगरमाथा बिना अक्सिजनको मद्धतमा चढेका थिए । मैले उनको फोटो देखेको छु सर । मेरो विचारमा बिना अक्सिजनको सपोर्टमा चढ्नु ठूलो कुरा हो । म पनि यहाँसम्म बिना अक्सिजनको मद्धतमा आइपुगेको छु । त्यो पनि नांगै पैतालामा ।’

उनको जवाफमा अन्तर्वार्ता लिईरहेको पात्र भन्छन्- ‘यदि सर एड्मण्ड हिलारीले बाटो देखाएका थिएनन् भने शेर्पा कहिल्यै पनि चुचुरोमा पुग्ने थिएनन् ।’ यी दुवै पात्रको अभिव्यक्तिले गहिराई र दार्शनिकता लुगेको महसुस गराउँछ । यो दृश्य समाजिक सञ्जालमा अहिले भाईरल भइरकोे ।

यो खबर पढेर तपाईलाई कस्तो महशुष भयो ?

like

dislike

love

funny

angry

sad

wow