सम्पादकीय : नेपालधार किन ?

Jan 31, 2024 - 10:45
 0
सम्पादकीय : नेपालधार किन ?

संसार बदलिरहेको छ । परिवर्तित समयसँगै अहिलेको मानव डिजिटल ‘विज्ञान’को युगमा छ । यो शताब्दीमा मानव सूचना बिना अधुरो हुनेछ । अहिलेको उर्लदो सूचनाको भेलमा डुबुल्की मार्नेहरुको भिड छ । यस भेलमा समाज परिवर्तनको संवाहक र सूचनामाथि नागरिककको पहुँचलाई सहज बनाउने उदेश्यले आजबाट ‘नेपालधार’ पनि सूरुवात भएको छ ।

नेपालधार राष्ट्र र जनताप्रति समर्पित आम जनताको कथा सेयर गर्ने मञ्च हुनेछ । हामी सत्य र निष्पक्ष अनुसन्धानको माध्यमबाट समाजमा लुकेका वास्तविक कथाहरु ल्याउने प्रयास गर्नेछौँ ।

अहिलेको युगमा अनलाईन सञ्चारमाध्यमको प्रभाव बढ्दो छ । यो सूचनाको महासागरमा नागरिकलाई घट्नाको वास्तविक्ता थाहा पाउन हम्मे हुने गरेको छ । तर, हामी कुनै पनि ‘ब्रेकिङ समाचार’को हतारमा नभई सत्य र निष्पक्ष अनुसन्धानको माध्यमबाट घट्नाको वास्तविकता सम्प्रेषण गर्ने प्रतिबद्धता गर्दछौँ ।

हामी पर्याप्त तयारीबिनै तपाईंहरुमाझ आएका छौँ । पत्रकारले विविध पक्षलाई थफ जवाफदेही बनाउन सक्छ । हाम्रो अस्तित्व र प्रभाव तपाई समस्त पाठक, श्रोता र दर्शकहरुको सहयोग, सुझावबाट मात्रै स्थापित हुन सक्छ । त्यसैले तपाइंहरुको आवश्यक सामग्री, सुझाव र सूचना प्रदान गरेर आलोचनामार्फत सहयोग पनि पुर्याउन हामी अनुरोध गर्दछौँ ।

गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशिता र सविधानले स्थापित गरेको व्यवस्थालाई नेपालधारले पत्रकारिताको माध्यमबाट संधै समसर्थन गर्नेछ । भ्रष्टाचार, व्यथिती, विकृति, विभेद र अन्यायको विरुद्ध नेपालधारको उपस्थिती सशक्त रहने छ ।

नेपालधारले नेपालको संविधान, कानुन र प्रेस काउन्सिलले जारी गरेको पत्रकार आचार संहिताको पालना गर्दै नागरिकको सूचना पाउने हकको संधै सम्मान गर्नेछ । र सत्ता र शक्तिलाई निरन्तर प्रश्न गर्दै नेतृत्वलाई जवाफदेही,  उत्तरदायी बनाउन संधै सत्य, निष्पक्ष र जिम्मेवार पत्रकारिताको पक्षमा काम गर्ने छ । 
धन्यवाद

यो खबर पढेर तपाईलाई कस्तो महशुष भयो ?

like

dislike

love

funny

angry

sad

wow