तपस्वी ‘बुद्ध ब्वाई’को कथा 

को हुन् रामबहादुर बम्जन ?

Apr 30, 2024 - 13:40
 0
तपस्वी ‘बुद्ध ब्वाई’को कथा 

तपस्वी ‘लिटल बुद्ध’ रामबहादुर ‘रामलाल’ बम्जनको जन्म निजगढ नगरपालिका १२ साबिक रतनपुरी गाविसको बुन्जर भन्ने स्थानमा भएको थियो । २०४६ सालमा आमा मायादेवी तामाङ र बुवा वीरबहादुर बम्जनबाट जन्मेका पाँच दाजुभाईमध्ये उनी साइला छोरा हुन् ।

सानोमा उनी कसैसँग झगडा नगर्ने, कम बोल्ने, एक्लै बस्न मन पराउँथे । उनले कक्षा चारसम्म मात्रै पढे । किनभने उनलाई धार्मिक अध्ययनमा रुची थियो । त्यहि समय उनी लुम्बिनी गए त्यसपछि भिक्षु भएर अध्ययनको निम्ति देरादुन गए । त्यहा पनि उनी फरक स्वभावका देखिए त्यसपछि उनले धार्मिक नाम पाए- ‘पाल्देन दोर्जे’ ! तर, उनले एकबर्षमै गुम्बा छोडेर घर फर्किए । उनका आमाका भनाई त्यसपछि उनको बोल्ने स्वभाव र व्यवहारमा निकै परिवर्तन भएको थियो ।

घरमा उनले एउटा सपना देखे जसमा उनीसामु देव प्रकट भएर उनले घर छोडेन भने तिमि मर्छौ भनेका थिए । त्यो बेला उनी १५ बर्षको थिए । त्यसपछि सन् २००५ मे १५ मा उनले रतनपुरीमा रहेको एक पिपलको बोट मुनि बसेर ध्यान सुरु गरे । सूरु-सुरुमा उनलाई त्यहाँ ओरीपरीका बच्चाहरुले जिस्क्याउन थालेपछि उनले त्यहाँबाट अझैभित्र जँगलमा अर्को पिपलको बोटमुनि बसेर ध्यान गर्न थाले । खाना, पानी केहि नखाई उनले त्यहाँ निरन्तर ध्यान गरिरहे ।

बुद्धको अवतार 
विस्तारै उनलाई ओरीपरीका मान्छेहरुले जिस्काउन छाडे । केहीले उनीमाथि दैविक शक्ति छ भनेर उनीमाथि विश्वास पनि गर्न थाले । उनले ध्यान गर्न थालेको पाँचमहिनापछि यो खबर धेरै ठाउँ फैलियो । उनले ध्यान गरिरहेको तस्बिर सार्वजनिक भयो । तस्बिरमा उनी सेतो कपडाले बेरिएर ध्यानमा लिन भएर बसेको एक कलिला युवा देखिन्थे । अनुहार सान्त आँखा बन्द । त्यसपछि उनलाई नयाँ बुद्ध सानो बुद्ध भनेर हेर्न आउनेहरुको भिड लाग्न थाल्यो । बुद्धले झै पिपलको बोट मुनि तपस्या गरिरहेको उनलाई विदेशकी मिडियाहरुले नाम दिए- ‘बुद्ध ब्वाई’ । सबैले उनलाई ‘लिटिल बुद्ध- द बुद्ध ब्वाई’ भनेर भन्न थाले ।

एक सामान्य पारिवारमा जन्मिएका एक युवक रामबहादुर एकाएक बुद्धको अवतारको रुपमा उदय हुन थाल्यो । रामबहादुरलाई बुद्धको रुपमा हेरिनुको पछाडी उनको जीवनमा केही संयोगहरु पनि छन्- बम्जनको आमाको नाम मायादेवी हो । सिद्धार्थ गौतम बुद्धको आमाको नाम पनि मायादेवी नै हो । बुद्धको जन्म पुर्णिकोको दिन भएको थियो । रामबहादुरको जन्म पनि पुर्णिमाको दिन भएको बताईन्छ । बुद्धले पिपलको बोट मुनि ध्यान गरेर बुद्धत्व प्राप्त भएको बताईन्छ । भने रामबहादुर पनि पिपलको बोट मुनि नै ध्यानमा बसेका थिए ।

राबहादुरको बुद्धत्वको शिलशिला उनी जन्मिनु भन्दा अघिकै हो । रामबहादुर गर्भमा हुँदा उनकी आमाले मासु खान सकेनन् । मासु खाँदा विरामी हुनेकारणले मायादेवीले मासु खान छोडिन् । रामबहादुरले पनि कहिल्यै मासु खाएनन् । त्यो समय रामबहादुरलाई बुद्धकै पूर्णजन्मको स्थापित गर्न यी सबै कुराहरु पर्याप्त थिए । कतिपय बुद्धिष्ट धर्म गुरुहरुले त रामबहादुरको तपस्यालाई बुद्धिष्ट धर्मग्रन्थसँग जोडेर बहस गर्न थालेका थिए । 

रामबहादुरको चर्चा झन् बढ्यो जब उनलाई सापले टोकेर पनि उनले त्यसको औषधि गर्न मानेनन् । उनको खुट्टामा रगत बग्यो, उनको शरिरभरी पसिना आएको थियो ।  उनको ओरीपरी कपडाले छेकेर उनलाई कसैले पनि नदेख्ने गरी राखियो । पाँचदिनपछि कपाड हटाउँदा उनी ठिक देखिए । त्यसपछि उनले आफूलाई बुद्ध नभन्नु र आफूमा बुद्धको शक्ति नभएको र अझै ६ बर्षको ध्यान आवश्यक रहेको भने । त्यसपछि केहि आश्चार्यहरु हुन थाले- कसैले उनको पछी लाईट आएको देख्न थाले, कसैले उनको टाउकोबाट पहेँलो लाईट आएको भन्न थाले । एकपटक त ध्यान गरिरहेको ठाउँमा आगो बल्यो । उनी ध्यान बसिरहेको ठाउँ ओरीपारी आगो फैलियो । उनी आगोमाथि उभिएर बसेको देखिए । तर, उनलाई आगोले केही भएन । त्यसपछि त उनको चर्चा ध्यान गर्ने बुद्ध ब्वाई भन्दा पनि आश्चार्य कर्म गर्ने भगवान भन्न समेत थालियो ।

कहिले काही उनी ध्यान गरिरहेको स्थानबाट हराउँथे । कहिले आफ्नो तपस्या गरिहेको ठाउँमा लिन भएर बस्दथे । कहिले अचानक हराउथे । केहिले उनी केही महिनाभित्र अर्को स्थामा भेटिन्थे । उनी पटक÷पटक हराएको समाचारहरु मिडियामा प्रमुख समाचार बन्दथे ।

त्यसपछि उनीमाथि आम मानिसको चासो बढ्दै गयो । त्यसपछि उनको तस्बिरहरु पनि बिक्रि हुन थाल्यो । उनको भिडियो र सिडीहरुले पनि राम्रै भाउ पाउन थल्यो । त्यसपछि उनले ध्यान गर्ने जंगल मेला जस्तो दिनहुँ मानिसहरुको भिड लाग्न थल्यो । खानेकुराहरुको ठेला, यातायात लगायतको व्यवसायिक हब जस्तो थालेको थियो । विस्तारै देशविदेशबाट अनुसन्धानकर्ता, पत्रकारहरुले पनि आउन थाले ।

यसरी देशीविदेशी मिडियाहरुको समाचारले उनको प्रभाव यसरी बढ्दै गयो कि रामबहादुरको ओरीपरी राजनीतिक शक्तिहरु पनि झुमिन थाले । त्यसपछि उनको व्यक्तित्वको अर्को चरण सुरु भयो । जहाँ शक्ति, पैसा, प्रभाव र अपराधले पनि स्थान पाउन थाल्यो ।

आम मानिसमा उनको चासो बढ्दै जाँदा मिडियाहरुले पनि उनको बारेमा धेरै भन्दा धेरै जानकारी लिन खोजिरहेका थिए । मानिसहरुको भिडसँगै त्यहा राखिएको दान पेटिकमा पनि पैसा जम्मा गर्न थालियो । देशविदेशबाट उनको नाममा डोनेशन आउन थाल्यो भने यो सबै कुराहरुको व्यवस्थापन गर्न भनेर गंगाजीत बम्जनको नेतृत्वमा अघोषित समुह पनि बनाईयो ।

उनी रामबहादुरको नातामा दाई हुन् । गंगाबाहेक २० जना नातेदार र चिनजानका मान्छेहरुको समूह बनाईएको थियो । उनीहरु त्यहाको हरेक गतिविधिको निर्णायक थिए । सुरुमा सो समितिमा रामबहादुरका आफन्तहरु मात्रै सक्रिए थिए । उनीहरुले सुरुदेखि नै तपस्या गर्नेठाउँ ओरीपरी तारबेर घेराहरु लगाए । कसैलाई पनि उनीहरुले लगाएको घेराहरुभित्र जाने अनुमति थिएन । तार घेरामा लगाएको चाँबी उनका दाजु स्वयमले बोकेर हिड्ने गर्थे ।

विश्वकै चर्चित डिस्कोभरी च्यानलले उनीमाथि ‘द ब्वाई विथ डिभाइन पावर’ भनेर डकुमेन्टि नै बनायो । जसमा उनीहरुले लगातार चारदिनसम्म रामबहादुरको भिडियो निकालेका थिए । डिस्कोभरी च्यानललाई धेरै नजिक जान दिईएन । रामबहादुरले अनक्यामेरा नखाईकन नहल्लिकन ध्यान गरिरहे ।

ध्यान गरिरहेको स्थानबाट गायब 
बम्जनले ध्यान गरिरहेको ठाउँमा धेरै भिड हुन थाल्यो । भिड धेरै हुन थालेपछि भिडलाई व्यवस्थापन गर्न त्यहाँका जिल्ला कार्यलयले केन्द्रमा सहयोग पनि माग्नु परेको थियो । त्यसबेला मुलुक दन्द्धमा थियो । ठाउँठाउँमा आन्दोलन झगडा भइरहन्थ्यो । रामबहादुर माथि संका गर्नेहरु खालीपेट नबसेको तर, रातिको समयमा उनी ध्यान बसेको आरीपरी कपडाको बार लगाईन्छ त्यो बेला खानेकुरा दिईराखेको छ भनेर आरोप पनि लगाईयो ।

रामबहादुर को हुन् र कसरी गर्दैछन् ? भन्ने हल्ला हुन थल्यो । ११ मार्च, २००६ मा उनी एक्कासी ध्यान बसेको स्थानबाट गायब भए । उनी कहाँ गए ? भन्ने कुरा कसैलाई पनि थाहा थिएन । उनको कपडा उनी बसेकै ठाउँमा जस्ताको तस्तै थियो । कसैले उनलाई किड्न्याप गरेको भनियो, कसैले उनलाई विरामी भएर उपचार गर्न लगेको पनि भनियो ।

हराएको एक हप्तामा रामबहादुर अलिक परको जंगलमा भेटिए । उनले आफू ६ बर्षको ध्यान जान आटेको भने । फेरि त्यहाँबाट हराए । फेरि उनी केहि महिनामै लामो कपालसहित देखा परे । उनीसँग एउटा तरवार पनि थियो । उनको आउने र हराउने क्रम चलिरहेको थियो भने मानिसहरुको उनीमाथिको आकर्षण भने कम भएको थिएन ।

३० अक्टोबर, २००९ मा उनले अबी गढिमाइ मन्दिरमा गरिने पशुबलि रोक्नुपर्छ भनेर आफ्ना लगभग सय बढी समर्थकलाई त्यहाँ पठाएका थिए । आफु पनि पछि त्यहाँ आउछु भनेका थिए । तर, उनी त्यहाँ कहिले गएनन् । उनी किन गएनन् कहाँ गए भनेर कसैलाई पनि थाहा थिएन ।

२० मे २०११ मा उनको ६ बर्षको ध्यान पुरा भयो । त्यसबेला सम्म उनलाई सबैले सानो बुद्ध भनेर चिनिसकेका थिए । त्यसपछि उनले यी सबलाई पर राखेर उनले आफ्नो नयाँ धर्म बनाए । बोधि मार्गदर्शन मैत्री धर्म । पछि उनले आफ्नै धार्मिक ग्रन्थ ‘द बुक अफ मैत्री धर्म’ नामको किताब पनि निकाले ।

त्यसपछि उनले आफै एउटा नयाँ भाषा पनि बनाए- ‘मैत्री भाषा’ । जुन उनले बाहेक कसैले पनि बज्थेन । त्यसपछि उनीहरुले निलो कलरको कपडा लगाउन थाले । रामबहादुर विविभन्न ठाउँमा विश्व शान्तिको पुजा गर्दै हिड्थे । रामबहादुरको आश्रम- सिन्धुपाल्चोक, सिन्धुली, बारा र सर्लाहीमा भइसकेको थियो । र उनीहरुको धर्मको ब्राण्ड संसारभर फैलिरहेको थियो ।

भक्तजनको संख्या बढिरहेको थियो । रामबहादुरलाई फलो गर्नेहरुसँगै उनको नाममा धेरै डोनेशन पनि आईरहेको थियो । अब रामबहादृुर ऐस आरामको जीवन जिउँदैथिए । रामबहादुरको विभिन्न जिल्लामा घर थियो । उनी करोडौंको गाडी चढ्न थालेका थिए । चार्टड हेलिकप्टरदेखि यात्रा गर्थे । त्यसबेलादेखि बाहिर हेर्दा सबै शान्त राम्रो देखिए पनि भित्रभित्रै समस्याहरु देखिन सृुरु भएको थियो । 

कसरी विवादमा तानिए ? 
जब रामबहादुरको तपस्या संसारले देख्न थाले उनले बनाएको धर्मको पछि लाग्नेहरु बढ्न थाले उनी झन् भित्रभित्रै विवादमा तानिन थालेका थिए । रामबहादुर २०६२ जेठदेखि पाँच बर्ष निराहर तपस्या गर्ने भन्दै बाराको जंगलमा बसेका थिए । तर, ध्यान सुरु गरेसँगै उनी विवादमा पनि तानिए ।

२०६७ साउनमा हलखोरिया जंगलमा च्याउ टिप्न गएका बारा मनहर्वाका १७ सर्वसाधरणलाई नियन्त्रणमा लिइ बम्जन र उनका अनुुयायीले कुटपिट गरेपछि विवादको आकार झनै बढेर गएको पाइन्छ । 

बोक्सि आरोप, बाँधेर कुटपिट  
बम्जनका बाल्यकालका साथी २२ बर्षे अनिल खत्री । त्यहिबेला बम्जन ध्यान गरिरहेको ओरीपरी हिडिरहन्थे । त्यहिबेला बम्जनले आफ्नो तरवारले उनीमाथि आक्रमण गरेको आरोप छ । त्यहिबेला स्पेनिश महिला आन्ड्रीया गुड जसलाई बोक्सिको आरोपमा कुटपिट गरिएको भन्ने पनि आरोप छ । आन्ड्रीया जो बम्जनका विदेशी भक्तजनहरुको विदेशी टिमको नेतृत्व गरेकी थिईन् । उनै आन्ड्रीयाले बम्जनबारे लेखेको किताव ‘लिफ्लेक्शन अन सम्बोधी धर्म संघ’ भन्ने कितावमा भनिएको छ ‘एकजना महिलालाई १० दिनसम्म मजाले बस्न नसक्ने गरी कुटपिट गरिएको थियो !’ 

२०७२ सालमा बम्जनले चारकोसे हलखोरिया  निजगढ नगरपालिका ११ का दुई जना युवाहरू उत्तिम र सोनमलाई मादक पदार्थ सेवन गरी जथाभाबी बोलेको भन्दै रातभर बाँधेर राखेको भन्ने आरोप छ । बाँधेर राखिएकाहरूलाई उद्धार गर्न तपस्या स्थल हलखोरिया पुगेका स्थानीय र बम्जनका अनुयायी बिच झडप समेत भएको थियो । झडपको क्रममा बम्जनका चालक रुपबहादुर थिङ र अनुयायीहरू लमजुङका समिर गुरुङ र नागराज नामका एक बालक घाइते भए । ‘हलखोरिया पुगेका स्थानीयमाथि बम्जनले लाठी प्रहार गरेपछि दोहोरो झडपको पीडितहरूले आरोप लगाएका थिए ।

त्यसबेला रामबहादुरमाथि हलखोरिया जङ्गलमा च्याउ लिन पुगेका मनहर्वाका १७ सर्वसाधारणलाई पनि नियन्त्रणमा लिई कुटपिट गरेको आरोप लागेको थियो । त्यस्तै, अर्को ९ जना गोठालाहरुलाई बीस घण्टासम्म राखेर पिटिएको थियो भने अर्का पाँच जनालाई त रगत आउनेगरी कुटपिट गरिएको थियो ।

त्यसबेला बम्जनको रिपोर्टिङ गर्न गएका केही पत्रकारहरुमाथि दुरव्यवहार क्यामेरा फुटाएको आरोप समेत लागेको थियो । यो सबै घट्नाको विवराण कतै पनि भेटिँदैन तर, द हल्कोरिया टाईम्सले भने सबै आर्काईभ गरेर बम्जनमाथि लागेको आरोपबारे आर्टिकल रिपोर्टहरु सुरक्षित राखेको देखिन्छ ।

पछि प्रहरीले सोधपुछ गर्दा बम्जनले भनेका थिए- ‘चुरो खाएर आश्राममाथि ममाथि बस्ने हो ? त्यसरी ध्यान भड्काउने हो ।’ बम्जनले भने अनुसार उनले ध्यान गरिरहेको आश्राममा उनलाई केही व्यक्तिले डिस्टर्ब र होहल्ला गरेको आशांक गर्न सकिन्छ । किनभने उनी ध्यान गरिरहेको जंगलमा झडप र विवाद भने यतिकै भएको होईन । त्यहाँ दुबै पक्षबाट केही न केही भएर नै यो विवाद भएको हो । यसमा प्रहरीले निश्पक्ष अनुसन्धान गर्नु आवश्यक छ । 

पासपोर्ट नागरिकता विवाद 
बम्जनले २०१२ मा आफुलाई विदेशमा बोलाएको भन्दै पासपोर्ट बनाउन खोजेका थिए । त्यसका लागि उनले नागरिकता र जन्मदर्ता दुबै बनाउनुपर्ने भयो । उनले त्यसमा आफ्नो नयाँ नाम खोजेका थिए- ‘धर्म संघ’ तर, ए व्यक्तिको नाम कसरी संघ हुन्छ भनेर प्रश्न उठ्यो, जिल्ला  प्रशासन कार्यालय बाराले नबनाईदिएपछि अनुयायीहरूले लामो समय पूर्व-पश्चिम महेन्द्र राजमार्गको निजगढमा अवरोध गरेर विरोध प्रदर्शन नै गरेका थिए ।

गाउँ घरमा उनको चलन चल्तीको नाम रामबहादुर बम्जन भएपनि पछिबाट ‘धर्मसंघ बम्जन’ भन्ने नाम राखी नागरिकता लिन खोजेपछि प्रशासनले रोक लगाएको थियो । पछि बम्जले नकली जन्मदर्ता बनाएर आफ्नो नाम धर्म संघ वोम्जन राखे । त्यसपछि प्रहरीले नक्कली जन्मदर्ता बनाउने भिडिसी सेक्रेटरीलाई पक्राउ गरेको थियो । वम्जनको आफ्नो नाम विभिन्न समय परिवर्तन गरिएको पाइन्छ ।

रामबहादुर, तपस्वी, वाल्देन दोर्जे, महा सम्बोधी धर्म संघ लगायत तर, कतिपय नाम भने उनले आफुले नराखेको नभई उनका समर्थकहरुले राखेका थिए । पछि अल्कोरिया जंगलमा उनका समर्थकहरुले केही घरहरु बनाईसकेका थिए । जुन घर भने इलिगल भएको बताइन्छ किनभने त्यो जंगल सामुदायिक बन हो । यहि विषयमा स्थानीयसँग विवाद भयो । स्थानीयले केही घर त जलाई पनि दिएका थिए । यसैकारण वम्जन त्यो स्थानबाट सिन्धुलीतर्फ गएका थिए । उनले छाडेपनि सम्बन्धित निकायले त्यहाँ बनाइएको घरहरु सबै भत्काईदिएका थिए । 

सरकारको समर्थन !
रामबहादुर बम्जन जति विवादमा तानिदै थिए । त्यति नै उनको पहुँच पनि बढिरहेको थियो । उनको विवाद बारम्बार मिडियाहरुमा आइरहेको हुन्थ्यो । यो सबै हुँदै गर्दा उनलाई सरकारको भने ठुलो समर्थन रहेको थियो । २०१४ मा नै बम्जनले तत्कालिन प्रधानमन्त्री सुशील कोइरालालाई भेट गरेका थिए । यहि बेलामा उनको अनुयायीहरुले नेपालमा माओवादी द्धन्द्ध रोकिनुमा बम्जनको हात रहेको समेत सुनाएका थिए ।

आफूहरुले हल्खोरियाको सरकारी वनक्षेत्र प्रयोग गर्न पाउनुपर्ने माग राखेका थिए । प्रधानमन्त्री सुशील कोइरालाले पनि उनलाई जंगलको प्रयोग गर्न दिनुपर्ने कुरामा सकारात्मक भए । जंगल प्रयोग गर्न दिन्छौँ भनेर प्रतिबद्धता समेत गरेका थिए । र बम्जनलाई नयाँ पासपोर्ट समेत दिन्छौँ भनेका थिए । त्यसपछि २०१८ मा शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा बम्जनको यो माग पनि पुरा गरियो । सरकारले २०७४ माघ २६ को मन्त्रिपरिषद् निर्णयबाट तपस्वी बमजनको बाराको हल्खोरियास्थित आहम क्षेत्रलाई धार्मिक वनक्षेत्र भनेर घोषणा समेत गर्यो । सरकारले बम्जनलाई क्लिन चिट दिएको थियो । यसरी बम्जनको ओरीपरी धार्मिक साथसाथै राजनीतिक शक्ति पनि केन्द्रि हुँदै गएको थियो । 

मनि लामा जो बम्जनका नजिकमा पात्र मध्ये एक हुन् । त्यो बेला उनकै पहलमा बम्जनको राजनीतिक पहुँच पनि बढिरहेको भन्ने बुझिन्छ । बम्जनबारे मनि लामाले एक घट्नाबारे भनेका थिए- ‘बम्जलाई एक्कासी देशभरीको टुर गर्न मन लाग्यो । र उनीहरुले पाँचओटा गाडी तयार पारे । त्यसबेला बम्जनले उनीहरु सवार गाडीलाई छिटो चलाउनु भनेका थिए । त्यतिबेला मनि लामाले हामी नेशनल पार्कबाट जाँदैछौँ आर्मीले हामीलाई रोकेर चेकिङ गर्छ भनेका थिए । तर बम्जनले गाडी कतै नरोकी सिँधै कुधाउनु भनेका थिए र त्यो गाडी स्पीडमा हिडाईएको थियो !’

विदेशी महिला र श्रीमती 
द हल्खोरिया टाईम्स चलाउने स्भलोभाककी एक महिला मारिची उनले नै बम्जनमाथि लागेको आरोपहरुबारे युट्युवमा पनि भिडियोहरु हालेकी छन् । मरिची सुरुमा बम्जनकै पलोअर भएको बताइन्छ । उनकै आश्रममा भोलेन्टीयर पनि थिईन् । तर उनलाई तीन महिना रुखमा बाँधेर टर्चर गरिएको बम्जनमाथि आरोप छ । मरीचीले बताए अनुसार उनीमाथि यौनहिंसा पनि भएको थियो ।

मिडिया प्रेसर भएपछि उनलाई त्यहाँबाट छोडिएको थियो । यहिबेला अर्की एक जना महिला माता आनीलाइ पनि समातेर राखिएको थियो र उनलाई पनि पछि छोडिएको थियो । तर, बम्जनको समर्थकहरुले यो सबै घट्ना कुनै पनि सत्यता नभएको र गुरुको नाम खराब गर्नु मात्रै यो सबै आरोप लगाएको भनिरहेका थिए । बम्जनको सुरक्षाका लागि सक्रिय बोधी श्रवण धर्म संघका केही पदाधिकारीले बोक्सीको आरोपमा विदेशी नागरिकसहित दुई महिलालाई तीन महिना बन्धक बनाएर राखेको द हल्कोरिया टाईम्सले राखेको विभिन्न रिपोर्टहरुमा उल्लेख छ ।

ति रिपोर्ट अनुसार प्रहरीले बल प्रयोग गरेर बन्धकमा परेकी सिन्धुपाल्चोक घर भई निजगढमा बस्दै आएकी माता (आनी) नामकी महिला र स्भलोभाककी मारिची भनिने टाकाक सुसाना घाइते र लुटिएकी अवस्थामा उद्धार गरेको थियो । ती मारिचीले रामबहादुरमाथि आरोप लगाएर विभिन्न भिडियो भ्लगहरु युट्युवमा सार्वजनिक गरेको देख्न सकिन्छ ।

मिडियामा यस्तो बलात्कार र हिंसाको घट्ना आइरहदा उनको परिवारले बम्जनकै सानो बहिनी १३ बर्षीया रन्जिता बम्जनलाई आश्रामबाट घर फिर्ता लान चाहेका थिए । तर रन्जितालाई बम्जनले आफैसँग राख्न चाहेका थिए । पछि उनको आफ्नै आमाले रन्जितालाई त्यहाँबाट निकाल्नु भेर प्रहरीमा रिपोर्टसम्म बुझाएकी थिईन् । तर, प्रशासनले भने बम्जनको सामु आएर ढोगेर कुरा गर्थिए अरु केही कारबाही गर्न सक्दैन थिए । यस्तै, बम्जनको ठुलो दिदी मनु बम्जन । उनी सुरुदेखि नै बम्जनकै समर्थक थिए । सेतोपाटीको एक रिपोर्ट अनुसार उनलाई पनि आन्तरिक कारबाही गरिएको थियो ।

सुरुदेखि नै मनु बम्जनकै साथमा थिईन् । बम्जनका समर्थकहरुले बताए अनुसार यो आन्तरिक कारबाही गरिएको तर, शारिरीक केही पनि हिंसा नगरेको तर, गुरुकै आफ्नो दैविक शक्तिले गरेको भनिरहेका थिए । मनुको पछि मृत्यु नै भयो । बम्जनको आश्रममा भएका केही आनीहरु उनीबाट नै खत्रा भएर आश्राम छोडेर भागेको भन्ने रिपोर्ट पनि त्यो बेला सार्वजनिक भएको थियो । सेतोपाटीले गरेको एक्सक्लुसिप ईन्भेस्टिकेशनमा धेरै जना परिवारहरुले मिडियामा बोलेका थिए । त्यसपछि रामबहादुर बम्जनले त्यो बेलासम्म के-के गरेको भन्ने आरोपहरु खुलस्त भयो । 

नुवाकोटका चिनिमया तामाङ, मकवानपुरका फुलमाया तामाङ, र  सुरेश आले मगर लगायत सबै गायब भएको भनिएको थियो । सन्चलाल वाईबालाई बम्जनले कुट्नु लगाएर आश्रामभित्र नै हत्या गरिएको भन्ने आरोप छ । त्यस्तै, हराएकी भनिएको रिता बोट । रिताकै परिवारले भने अनुसार रिता बम्जनको पहिलो श्रीमती थिईन् ।

३० अक्टोबर २००९ मा बम्जनले गढिमाइको बलिलाई रोक्नुपर्छ भनेका थिए । त्यो बेला बम्जन गढिमाई नगएर रिता बोटको घरमा आएर एक महिनासम्म बसेका थिए । पछि उनै रिता बोट गायब थिईन् । उनी पछि बम्जनको अर्की श्रमति दिपशिखा दुम्जा भन्ने थिईन् । उनीबाट नै उकजना बच्चा पनि भयो । बम्जन बेला-बेला हराउने समयमा दार्जिलिङमा रहेकी दिपशिखालाई भेट्न जाने गरेको भन्ने गरिन्थ्यो । 

बाल यौन शोषणको आरोप 
बम्जनमाथि लागेको आरोप झनै चर्कियो र विवाद बढ्न थाल्यो । त्यो बेला एकजना १४ बर्षिया नावालिकालाई बलात्कार गरेको भनेर रामबहादुर बम्जनविरुद्ध प्रहरीमा उजुरी दर्ता भयो । उजुरी अनुसार उनलाई पटक-पटक लामो समयसम्म बलात्कार गरिएको थियो । त्यस्तै, अन्य हराई रहेका व्यक्तिका आफन्तहरुले पनि उजुरी दिन थालेपछि बम्जनमाथि विशेष रुपमा प्रहरीले अनुसन्धान गर्न थाल्यो ।

बाल यौन शोषण गरेको मुद्दा लागेपछि फरार भनिएका बम्जनलाई पक्राउ गर्न सर्लाही जिल्ला अदालतले २०७६ माघ २३ मा अनुमति दिएको थियो । यस्तै, प्रतिवादीलाई पक्राउ गरी उपस्थित गराउन जिल्ला प्रहरी कार्यालय सर्लाहीले पनि २०७६ माघ २४ मा पत्राचार गरेको थियो । खोज तलासका क्रममा बुधबार मात्रै झण्डै ४ वर्षपछि पक्राउ गर्न सकिएको सीआईबीले जनाएको छ । आश्रममा बस्दै आएका तीन युवती र दुई युवालाई बेपत्ता पारेको आरोपमा उनीविरुद्ध विभिन्न प्रहरी कार्यालयमा उजुरी दर्ता भएको हो । 

...त्यसपछि ‘मोस्ट वान्टेड मेन’

बम्जन लामो समय बाराको हलखोरियास्थित जंगलमा बसेका थिए । उनले त्यहाँ आफू तपस्यारत रहेको बताउँदै आएका थिए । पछिल्लो समय भने बम्जन सिन्धुलीको कमलामाई नगरपालिका-८, पैरेनीमा आश्रम बनाई बस्दै आएका थिए  । ब्युरोको टोलीले उनलाई पक्राउ गर्न ४ असार २०७७ मा छापा मारेको थियो । तर त्यतिबेला उनी प्रहरीको टोली पुग्नुअघि नै भागिसकेका थिए । 

प्रहरीले २०७६ पुसमा पनि सिन्धुपाल्चोकस्थित इन्द्रावती-६, बाँडेगाउँस्थित तोड्के जंगलमा रहेको आश्रममा छापा हानेको थियो । त्यसपछि प्रहरीले उनलाई पक्राउ गर्न नकेपछि फरारको सूचीमा राखेको थियो । त्यसपछि बम्जनको नेपाल प्रहरीको ‘मोस्ट वान्टेड मेन’ बनेका थिए । त्यसबेला उनका समर्थकहरुले गुरु केही बर्षको ध्यानमा जान आँटेका भन्ने गरेका थिए । तर, बम्जन त्यसबेलादेखि कहिँ कतै देखा परेका थिएनन् ।

प्रहरीले त्यहाँ बेपत्तामध्येका एक हेटौंडाका सञ्चलाल रुम्बाको हत्या भएको हुन सक्ने आशंका गरेको थियो । प्रहरीले करिब ८० रोपनी क्षेत्रमा फैलिएको आश्रमको एक स्थानमा कमलो माटो भेटेर उत्खनन गर्दा ९ वटा नुनको प्याकेट भेटेको थियो । शव गलाउन नुनको प्रयोग गरिएको हुन सक्ने आशंका गरे पनि थप प्रमाण भने फेला परेन ।

बम्जनको आश्रममा पुगेकाहरू धमाधम हराउन थालेपछि उनी अनुसन्धानको दायरामा तानिएका थिए । २०७५ पुस ९ मा पीडितहरूले काठमाडौंमा पत्रकार सम्मेलन गरेर बम्जनबाट बेपत्ता पारिएकाको खोजीमा सरकारले तत्परता देखाउनुपर्ने माग राखेका थिए । पत्रकार सम्मेलनमा नुवाकोट म्यागङ गाउँपालिका-३ देउरालीकी गंगामाया तामाङले २०६८ सालमा बम्जनको आश्रममा गएकी आफ्नी साइँली बहिनी हराइरहेको बताएकी थिइन् ।

हेटौंडाकै वीरबहादुर रुम्बाकी छोरी फूलमाया २०६८ मा बाराको हलखोरिया जंगलमा तपस्यारत भनिएका बम्जनबाट प्रभावित भएपछि उनकै पछि लागेको बताइन्छ । तर, उनी पनि सम्पर्कमा नरहेको पीडित परिवारको भनाई छ । त्यस्तै, हेटौंडाका महेन्द्र वाइबाले २०७२ चैत १४ गते बम्जनको सिन्धुलीस्थित आश्रममा पुगेका आफ्ना बाबु सञ्चलाले त्यसपछि हराएको बताएका थिए । उनले अनलाईन टिभी नेपाल भन्ने युट्युव च्यानललमा भनेका छन्- ‘मैले आफ्नो बुबा हराएको भनेर मात्रै रिपोर्ट गरेको तर, गुरुले नै गायब गरेको हो भनेर आरोप लगाएको होईन । वहाँले बेपत्ता पारेको भनेर भन्नु मिल्दैन र हामीले वहाँलाई दोषी देखेको छैन ।’

बम्जन पक्राउ पर्नुको मुख्य कारण 
बम्जन पक्राउ पर्नुको मुख्य कारण बाल यौन दुराचार हो । बम्जनबाट आफू पीडित भएको भन्दै एक किशोरीले जाहेरी दिएकी थिईन् । बम्जनले आश्रममा आनी बन्न आएकी किशोरीलाई पटक-पटक बलात्कार गर्नुका साथै मानसिक र शारीरिक यातना समेत दिएको आरोप छ । पक्राउ परेका रामबहादुर ‘रामलाल’ बम्जनलाई जिल्ला अदालत सर्लाहीले बाल यौन शोषणको मुद्दामा पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । जिल्ला प्रहरी कार्यालयले बिहीबार सर्लाही जिल्ला अदालतमा हाजिर गराएकोमा बम्जनलाई पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । बिहीबार बसेको न्यायाधीश विष्णुप्रसाद रेग्मीको इजलासले पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको स्रेस्तेदार सदन अधिकारीले बताए । अदालतको आदेशपछि बम्जनलाई जिल्ला कारगार महोत्तरी लगिएको छ ।

१४ बर्षसम्म कैद सजाय हुनुपर्ने माग
पीडित भनिएकी किशोरीसंग यसअघि नै प्रहरी तथा सरकारी वकिल पक्षले बयान लिएको थियो । बयानका क्रममा १४ बर्षकी ती किशोरीले बम्जनले आफूमाथि गरेको ज्यादतीबारे बताएकी थिईन् । आफूमाथि पटकपटक बलात्कार भएको र बलात्कार सहन नसकेर आत्महत्याको प्रयास समेत गरेको बताएकी थिईन् ।

उनी बम्जनसहित तीन जनालाई प्रतिवादी बनाउँदै २०७७ साल असारमा जिल्ला अदालतमा बाल यौन चुराचारको मुद्दा दायर भएको थियो । जसमा बम्जनलाई १४ बर्षसम्म कैदन सजाय हुनुपर्ने मागदाबी गरिएको थियो । किशोरीले बयानमा आफुलाई बम्जनले पटकपटक बलात्कार गरेको र घटना अरुलाई जानकारी भएपछि त्यसलाई लुकाउन आफूमाथि ८ लाख रुपैयाँ चोरीको आरोप लगाएको बताएकी छन् । बयानमा उनले भनेकी छन्- ‘गुरु मानेको व्यक्तिबाट बलात्कृत भएपछि आफूले आश्रमभित्रै आत्महत्या गर्ने प्रयास पनि गरेको तर साथीहरुले थाहा पाएर आत्महत्या सफल हुन सकेन ।’ उनले दएको बयानमा बम्जनको श्रीमती दिपशीखाले समेत कुटपिट गरेको उल्लेख छ ।

२०७१ साउन २८ मा गुरुको दर्शनका लागि पुगेको आफूलाई बुबाले आनी बनाउन उक्त आहममा छाडेर गएको र त्यसपछि सिन्धुलीपाल्चोकको आश्रममा २ बर्ष बसेर सर्लाहीको पत्थरकोट आश्रममा पुगेको बयानमा उनले बताएकी छन् । ‘गुरुको उक्त कार्यको विरोध गर्दा एक्कासि बुबालाई झिकाएर ८ लाख चोरीको आरोप लगाए, अनि म र मेरो भाइलाई आश्रमबाट निकालिदिए’, बयानमा उनले भनेकी छन् । 

यता सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा दायर गरेको अभियोगपत्रमा बम्जन तपस्वी नभइ ‘यौन शोषक’ भएको दाबी गरिएको छ । अनुसन्धानका क्रममा प्रहरीले तयार पारेको घट्नास्थलको मुचुल्कामा १८ बर्षकी अनुयायीलाई फकाएर काम छ भन्दै बोलाउने अनि कोठाभित्र छिरेपछि चुकुल लगाएर जबर्जजस्ती गने गरेको उल्लेख छ ।

धर्म गुरुकोको बिलासी जीवन
लामो समय तपस्या गरेर ‘लिटल बुद्ध’को नामले चिनिएका रामबहादुर बम्जन पछिल्लो समय महँगो ल्यान्डक्रुजर गाडी चढ्ने तयारी गर्दै थिए । उनले ५ करोडको गाडी किन्नका लागि धुम्बाराहीको एउटा कम्पनीलाई ३ करोड रुपैयाँ एडभान्स बुझाइसकेका थिए । व्यक्तिगत प्रयोजनका लागि उनले मोबाइल मात्रै १४ वटा बोक्ने गरेको पाइएको छ ।

 प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सार्वजनिक गरेको यी तथ्यहरुलाई हेर्दा बम्जनको बिलासी जीवन कस्तो रहेछ ? प्रष्ट देख्न सकिन्छ । तर, यी सबै बम्जनमाथि लागेको आरोपहरु पुष्टि भईसकेको छैन । बम्जनमाथि आश्रममा बस्ने अनुयायीको हत्या गरेको, बेपत्ता पारेको तथा यौन हिंसा गरेको आरोपमा प्रहरीले खोजिरहेको थियो ।

बाराको हलखोरियामा २०७१ साउनमा आफू बम्जनबाट बलात्कृत भएको भन्दै एक अनुयायीले उजुरी दिए पनि कारबाही हुन सकेको थिएन । पाँच वर्षपछि २०७६ माघमा जिल्ला अदालत सर्लाहीले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । तर प्रहरीले पक्राउ गर्न सकेको थिएन । सिन्धुली लगायत ठाउँमा सार्वजनिक जग्गामा आश्रम चलाइरहेका उनी केही समययता बेपत्ताजस्तै थिए । तर, मंगलबार बुढानीलण्ठस्थित बम्जनको घरबाट सीआईबीको टोलिले पक्राउ गरेर हत्कडीसहित बम्जनलाई सार्वजनिक गरिसकेको छ । 

सीआईबीका अनुसार बम्जनले प्रदेश ३-०१ ०२४ च ६७२९ नम्बरको टोयटा फर्च्युन गाडी चढ्ने गरेका थिए । बम्जन कम्तिमा दुई महिनादेखि काठमाडौंमा बसिरहेको खुलेको थियो । सीआइबीले बम्जनको घरबाट १७ देशका मुद्रा, तीन करोड तीन लाख ७५ हजार नेपाली रुपैयाँ, १४ वटा मोबाइल, २ वटा ल्यापटप, पाँच वटा आईप्याड तथा ट्याब र महत्त्वपूर्ण कागजातसमेत बरामत गरेर विहिबार पत्रकारसम्मेलन गरी सार्वजनिक गरेको हो । उनीसँग क्रस फायर, केटीएम ड्युक, यामाहा रे जेडआर स्कुटर लगायत चार वटा मोटरसाइकल पनि रहेको प्रहरीले जनाएको छ । सीआइबीका अनुसार बम्जनले कमाएको सम्पत्तिको कुनै स्रोत खुलेको छैन ।

बम्जन पक्राउ गर्न ‘ब्लु अपरेसन’
रामबहादुर बम्जनबारे अनुसन्धान गर्न नेपाल प्रहरीका विभिन्न निकायले अनुसन्धान गरिरहेको थियो । अनुसन्धानकै क्रममा विभिन्न निकायका कतिपय अनुसन्धान अधिकृत समेत फेरिए । १९ महिनाअघि सिआइबीमा आएका डिएसपी धर्मराज भण्डारीलाई सुरूदेखि नै रामबहादुर बमजनको खोजी गर्ने जिम्मा दिइएको थियो । उनले त्यसैबेला यसको अनुसन्धान अघि बढाएका थिए । तर कतैबाट पनि बमजन फेला पार्न सकेका थिएन ।

यसैक्रममा दुई महिनाअघि प्रहरीले बमजन काठमाडौं आएको सूचना पायो । एसएसपी दिनेश आचार्यका अनुसार बम्जन दुई महिनादेखि आफ्नै घरमा बसिरहेको सूचना आयो । सूचना पाएपछि प्रहरीले विभिन्न तरिका अपनाएर सुराकी परिचालन गर्र्यौं। बमजनको परिवार काठमाडौंको बुढानिलकण्ठ नगरपालिका-६ हात्तिगौंडास्थित एक घरमा बस्दै आएको सिआइबीले पत्ता लगायो ।

सिआइबीले अनेक जुक्ति लगाएर उनी बसिरहेको घर पत्ता लगायो । घर पत्ता लागेता पनि बमजन त्यहीँ छ/छैनन् भन्ने प्रहरीलाई जानकारी थिएन । दैनिक निगरानी गर्ने क्रममा बुधबार बमजन सोही घरमै छन् भन्ने यकिन भएपछि प्रहरी छापा मार्न पुगेको सिआइबीले जनाएको छ । 

मंगलबार साढे ७ बजेतिर डिएसपी धर्मराज भण्डारीको टोली बमजन बसिरहेको घरमा पुगेको थियो । त्यहाँ बमजनकी श्रीमती र छोराछोरीले डिएसपीको टोलीलाई गेटमै रोक्न खोजेका थिए । तर बमजन भने प्रहरी आएको थाहा पाएपछि घरको चौथो तला पुगी हाम फालेर दोस्रो तलामा पुगेका थिए । ‘प्रहरी आएपछि उनी चौथो तलाबाट दुई तलामा आइपुगेका थिए । त्यसपछि प्रहरीले उनलाई पक्राउ गरेको हो,’ एसएसपी दिनेश आचार्यले भने । 

बम्जनको खोजी गर्न प्रहरीले गोप्य अपरेसन चलाएको थियो । यसअघि छापा मारेर उनलाई पक्राउ गर्न खोज्दा असफल भएको हुँदा यसपटक गोप्य अपरेसन चलाइएको सिआइबी प्रमुख एआइजी किरण बज्राचार्यले बताईन् । ‘लामो समयदेखि नेपाल प्रहरीले विशेषगरी केन्द्रीय अनुसन्धान ब्युरोले बमजनलाई खोजिरहेको थियो । प्रयास भइरहेकै थियो’ उनले भनिन्- ‘पछिल्लो समय गरेका अपरेसनहरू कहीकतैबाट सार्वजनिक भएको हुँदा उक्त ठाउँबाट भागेको अवस्था थियो । त्यसैले यसपालि गोप्य तरिकाले अनुसन्धान गर्यौँ ।’ बमजनलाई पक्राउ गर्ने अदालतबाट पुर्जी समेत जारी भएको छ । उनी पक्राउ परेपछि सिआइबीले यसलाई ‘अपरेशन ब्लू’ को नाम दिएको छ । 

बरामद रकम के हुन्छ ? 
तपस्वी बम्जनलाई प्रहरीले बूढानीलकण्ठको घरबाट पक्राउ गरेसँगै उनको घरबाट स्वदेशी र विदेशी गरी साढे ३ करोड जति नगद बरामद गरेको छ । सीआईबीका अनुसार विभिन्न १७ देशको मुद्रा ३ करोड ३४ लाख ६७ हजार ९०६ रूपैयाँ बराबरको विभिन्न देशको पैसा बरामद भएको हो । त्यसमध्ये नेपाली रूपैयाँ ३ करोड ४ लाख जति थियो । त्यसपछि अमेरिकी डलर १७ लाख ९७ हजार १६४ रुपैयाँ, भारतीय रुपैयाँ १ लाख ७६ हजार र चिनियाँ युआन ५ लाख भन्दा बढीको रहेको छ ।

अष्ट्रेलियन डलर, युरो, क्यानेडियन डलर, डेनिस कर्नर, इन्डोसियन रूपैयाँ, मलेसियन रिंगेट, कोलम्बियन पेसो, इजरायली न्यू सकेकल, थाई भाट, यूएई दिराम, साउदी अरबियन रकम, भुटानी र सिंगापुरको पैसा पनि फेला परेको सीआईबीले जानकारी दिएको छ ।

यत्रो परिमाणमा बरामद रकम के हुन्छ भन्नबारे नेपाल राष्ट्र बैंकका सूचना अधिकारी डिलिराम पोखरेलले बैंकिङ च्यानलमा पैसा आउँदामात्रै कहाँबाट र कसरी आयो भन्ने थाहा हुने भन्दै घरमा व्यक्तिले राख्ने पैसाको विषयमा राष्ट्र बैंकको अधिकार क्षेत्रमा नपर्ने बताए । राजस्व अनुसन्धान विभागका महानिर्देशक दिर्घराज मैनालीले बम्जनको घरबाट प्रहरीले बरामद गरेको पैसा राजस्व अनुसन्धानबाट हुने बताउँछन् । वैधानिक स्रोत देखाउन सकेमा बम्जनले आफ्नो पैसा फिर्ता पाउने छन् । स्रोत नखुलेको रकमहरू अनुसन्धानका लागि प्रहरीले राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण विभागमा बुझाउँछ । 

के बम्जन ‘यौन शोषक’ नै हुन् ?  
यतिबेला बम्जन पक्राउ परेपछि धेरैको चासोको विषयमा पनि बनेको छ । विवभिन्न कोणबाट टिकाटिप्पणीहरु भइरहेको छ । कतिले त धर्मसँग दाँजेर बम्जनबारे जालझेल भइरहेको समेत बताइरहेका छन् भने कतिले विदेशी शक्तिको पनि चलखेल हुनसक्ने आशंका व्यक्त गरिरहेका छन् ।

रामबहादुरको संरक्षणमा सुरुमा बोधि धर्म संघका संस्थापक अध्यक्ष बेद बहादुर थिङले तपस्वी राम बहादुर बम्जनलाई तपस्याबाट ज्ञान प्राप्त गरेका व्यक्ति भएको दाबी गरेका थिए । रामबहादुरलाई अनावश्यक विवादमा पर्ने कार्य राज्यले गरेको उनको भनाई छ । उनले भनेका छन्- ‘गुरुले हासिल गरेको ज्ञानको कदर गरेर वहाँलाई सम्मान गर्नुको साट्टो विवादित बनाएर नियन्त्रणमा लिनु ठिक होईन ।’

अहिले एउटा भिडियो सोसल मिडियामा भाईरल भइरहेको छ । मनोक्रान्ति अभियनताका प्रणेता भनेर चिनिएका डा. योगी विकाशानन्दले एक अन्तरर्वातामा बम्जन नेपाललाई अन्तर्राष्ट्रिय जगतमा साधकको रुपमा चिनाउने काम गर्ने व्यक्ति भएका बताएका छन् । उनले भनेका छन्- ‘वहाँले सानै उमेरमा जंगलमा बसेर जुन तपस्या गर्नु भयो । त्यहिकारणले गर्दा विश्वको चर्चित च्यानल डिस्कोभरीले समेत आएर वहाँलाई खिच्नुभयो र वहाँलाई अन्तर्राष्ट्रिय जगतले चिन्यो । यदि रामबहादुर बम्जनलाई चाहिँ राष्ट्रले जोगाउनु सकेको भए । यहि मान्छेको कारणले पनि संसारभरका मान्छेहरु ध्यान सिक्न नेपाल आउथे । तर, दुर्भाग्य ।’

यस्तै, चर्चित अधिवक्ता स्वागत नेपालले पनि बम्जन पक्राउबारे टिप्पणी गरेका छन् । उनले बम्जनलाई सीआईबीले हत्कडी लगाएर पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिनु अपराध भएको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमाफृत एक स्टाटस लेख्दै अधिवक्ता नेपालले प्रहरीलाई प्रश्न गरेका छन्- ‘रामबहादुर बम्जनलाई जस्तै बालुवाटारको जमिन खाने, शरणार्थी काण्डका नाइकेहरुलार्य चाहिँ किन हत्कडीसहित सार्वजनिक नगरी सलाम ठोक्छ प्रहरी ?’, उनले लेखेको छन्, ‘चप्पल पड्काउँदै आएका नेताका गाडी बम्जनको गाडी जस्तै कब्जामा किन नलिएको होला ? जवाफ के होला साथीहरु ?’

रामबहादुर बम्जनमाथि अपराध प्रमाणित हुन बाँकी नै छ । तर, सीआइबीले रामबहादृुरको अपराध प्रमाणित हनु अगाबै उनलाई अभियुक्त जसरी सार्वजनिक गरिनु गलत हो । अहिले उनलाई आरोप मात्रै लागेको हो । आरोप पुष्टि भइसकेको छैन । एकजना सामान्य परिवारमा जन्मिएका व्यक्ति सानै उमेरमा सत्यता खोजेर ध्यानमा बसेका थिए । तर, उ अहिले अपराधी कसरी बन्न पुग्यो ? यसको जवाफ सम्बन्धित निकायले निष्पक्ष छानबिन गरेर दिनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महशुष भयो ?

like

dislike

love

funny

angry

sad

wow