माइतीघरको महत्व सम्झाउँदै नेविसंघ 

Jan 31, 2024 - 09:27
 0
माइतीघरको महत्व सम्झाउँदै नेविसंघ 

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले माइतीघर सरकारले माइतीघरलाई निषेधित क्षेत्र घोषित गरेको विरोधमा फोटो प्रदर्शनी गरेको छ । नेविसंघले माइतीघर मण्डलामा भएका विभिन्न आन्दोलनका तस्बिरहरू राखेर मगंलबार फोटो प्रदर्शनीको आयोजना गरेको हो । 

‘आज हामीले माइतीघर मण्डलामा भएका ऐतिहासिक आन्दोलनहरुलाई आधार बनाइ यो फोटो प्रदर्शनी आयोजना गरेका छौँ । मण्डला अन्याय र अधिकारका आवाज बोल्नेहरुको मन्दिर हो । सरकारको संसद भए जस्तै यो नागरिककको लोकतन्त्र अध्यास गर्ने स्पेस हो’, संघले भनेको, ‘यहाँ जनताको लोकतन्त्रले स्वास फेरिरहेको छ । हामी आन्दोलनकर्मीहरुको प्राण जहाँ अड्किएको छ ।’

सरकारलाई माइतीघरको महत्त्व स्मरण गराउन विरोध स्वरुप फोटो प्रदर्शनी गरिएको संघले जनाएको छ । माइतीघर मण्डलामा लोकतन्त्रले श्वास फेर्ने बताउँदै संघले तत्काल माइतीघरलाई निषेधित क्षेत्र घोषणा गर्ने निर्णय फिर्ता लिनुपर्ने बताएको छ ।  

तस्बिर : प्रकाश चाम्लिङ 

यो खबर पढेर तपाईलाई कस्तो महशुष भयो ?

like

dislike

love

funny

angry

sad

wow