संधै चर्चामा किम 

Jan 27, 2024 - 01:01
 0
संधै चर्चामा किम 

काठमाडौं । किम कार्दशियन चर्चित अमेरिकी सेलिब्रिटी हुन् । उनी धेरैजासो चर्चामा रहने अमेरिकी सेलिब्रेटी, सुपर मोडल, टेलिभिजन स्टार र बिजिनेस वूमन पनि हुन् । कार्दशियन फोर्ब्सको अरबपतिको सूचीमा समावेश पनि भइसकेकी छन् । फोर्ब्सको बार्षिक अरबपतिको सूचीमा कार्दशियनको नाम पहिलो पटक समावेश भएको थियो ।

फोर्ब्सका अनुसार कार्दशियनको गत अक्टोबरमा कुल सम्पत्ति ७८० मिलियन डलर रहेको थियो, जुन बढेर सय करोड पुगेको हो ।  त्यस्तै कार्दशियनको दुई ठुला बिजिनेस समेत रहेका छन् । जसले उनलाई अरबपतिको सूचीमा सामेल गराएको हो । उनले २०१७ मा केकेडब्लु ब्युटी प्रोडक्ट लन्च गरेकी थिइन् ।  जसमा मेकअप किटका विभिन्न प्रोडक्टको शुरुवात गरेकी थिइन् । 

कार्दशियनकी सौतेली बहिनी काइली जेनरले आफ्नो मेकअप कम्पनीको शानदार सफलतापछि २०१९ मा उनी सबैभन्दा कान्छी स्वनिर्मित अरबपति बनेकी थिइन् तर फोर्ब्सले पछि उनी वास्तवमा अरबपति नभएर मुल्य बढाएर प्रस्तुत गरेको बताएको थियो ।

त्यस्तै कार्दशियनले २०१९ मा स्किम्स नामको स्टोर पनि खोलेकी छन् । जसको कारण उनको सम्पतिमा व्यापक वृद्धि भएको छ । कार्दशियन फोर्ब्सको अरबपतिको सूचीमा अहिले २६७४औ स्थानमा रहेकी छन् । किम आफ्नो बोल्ड अवतारको कारण सधैं चर्चामा हुने गर्छन् ।  

कार्दशियन विवाह गरेको ८ वर्षपछि गायक कान्ये वेस्टबाट अलग भएकी हुन् । किमले आफूलाई सिंगल घोषणा गर्न आवेदन दिएकी थिइन् । उनको यो आग्रहलाई अदालतले स्वीकृत गरेको थियो । अदालतले आधिकारिक रूपमा एकल घोषित गरेपछि किमले आफ्नो सोसल मिडिया अकाउन्टबाट कान्ये वेस्टको उपनाम पनि हटाएकी छन् ।

किम कार्दशियनले आफ्नो आधिकारिक इन्स्टा ह्यान्डलमा आफ्नो पतिको नाम थपेकी थिइन्। उनको नाम किम कार्दशियन वेस्ट थियो, जुन अहिले किम कार्दशियनमा परिवर्तन भएको छ । किमले लस एन्जलसको अदालतमा आधिकारिक रुपमा सिंगल हुन अपिल गरेकी थिइन् ।

किम र कान्येले सन् २०१२ मा डेटिङ गर्न थाले । दुई वर्ष सम्बन्धमा रहेपछि सन् २०१४ मा यी दुईको विवाह भएको थियो । ७ वर्षपछि यी दुईबीच झगडा सुरु भयो र दुई जना छुट्टाछुट्टै बस्न थालेका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महशुष भयो ?

like

dislike

love

funny

angry

sad

wow