यस्तो छ ‘गोर्खा वारियर’ को ट्रेलर 

 0
यस्तो छ ‘गोर्खा वारियर’ को ट्रेलर 

काठमाडौं । मिलन चाम्सद्वारा निर्देशित फिल्म ‘गोर्खा वारियर’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार राजधानीमा एक कार्यक्रम गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । फिल्ममा सन् १९४९ मा ‘मलाय इमर्जेन्सी जंगल वार’ मा गोर्खाली सैनिकको साहसिक युद्धकथालाई प्रस्तुत गरिएको छ । 

यो फिल्म वास्तवितक घटनामा आधारित रहेको बताइएको छ । नेपाली, हिन्दी र अंग्रेजी भाषामा निर्माण गरिएको फिल्ममा रितेश चाम्स, विजय लामा, रेविका गुरुङ, सारा राई, रियर राई, शिशिर वाङ्देल, कविता आले, सुरज तमु, सुमीन गुरुङ, भुवन सिंह राईलगायत कलाकारको अभिनय रहेको छ । 

लन्डन सिनेआई प्रोडक्सन र चाम्स इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भएको फिल्मको निर्मातामा सुस्मिता वाइवा, सुमन राई छन्। यस्तै कार्यकारी निर्मातामा प्रशान्त थापा र राजेन्द्र घिमिरे छन् । 

नेपाल र मलेसियामा छायांकन गरिएको फिल्मको कथा निर्देशक चाम्स र गिरिराज घिमिरेले तयार पारेका हुन् । रविन्द्र न्यौपाने र बाबु श्रेष्ठले छायांकन गरेको फिल्मलाई मिलन श्रेष्ठले सम्पादन गरेका छन् । यो फिल्म फागुन ११ गतेदेखि प्रदर्शन हुँदैछ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महशुष भयो ?

like

dislike

love

funny

angry

sad

wow