दोबालीछाको ‘बंशवाली पुस्तक’ लोर्कापण

Jan 28, 2024 - 23:58
 0
दोबालीछाको ‘बंशवाली पुस्तक’ लोर्कापण

काठमाडौं । किरात राई चाम्लिङ दोबालीछा समाजद्वारा प्रकाशित बंशवाली पुस्तकको शनिबार काठमाडौंमा विमोचन गरिएको छ । दोबालीछाको इतिहास र बंशवाली पुस्तकको विमोचन किरात राई यायोक्खा प्रज्ञापरिषदका कुलपति जय कुमार राई, किरात राई कलाकार संघ केन्द्रिय अध्यक्ष शालिक सातासक राई, दोबालीछा समाज अन्तराष्ट्रिय समिति अध्यक्ष आनन्द दोबाली राई, बेलायत अध्यक्ष राज कुमार दोबाली लगायतले विमोचन गरेका हुन् । 

करिब ५ बर्ष खोज तथा अनुसन्धान गरेर तयारी पारिएको उक्त पुस्तकको टिप्पणी शालिक सातासकले गरेका थिए । विमाचेन कार्यक्रममा राज कुमार दोवाली, आनन्द दोबाली, ईन्द्र दोबाली र जेवी दोवाली लगायतले आफ्नो भनाई राखेका थिए । कार्यक्रममा अन्तराष्ट्रिय समितिका महासचिव  देव रदुङको लिखित मन्तव्य रहेको थियो । 

चाम्लिङ दोबालीछा समाज नेपालका अध्यक्ष जित कुमार दोबालीको अध्यक्षता र महासचिव राजेन्द्र दोबालीले सञ्चालन गरेको कार्यक्रममा किरात राई यायोक्खा केन्द्रका पूर्व उपाध्यक्ष मनि कुमार राई, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका मेयर तिर्थ राज भट्टराई, किरात राई चाम्लिङ खामबातिम सल्लाहकार अशोक राई र दोबालीछाहरुको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महशुष भयो ?

like

dislike

love

funny

angry

sad

wow