हिँडेर काठमाडौं आइपुगेका मिटरब्याज पीडित

Feb 21, 2024 - 13:43
 0
हिँडेर काठमाडौं आइपुगेका मिटरब्याज पीडित

काठमाडौं । देशका विभिन्न २८ बढी जिल्लाबाट मिटरब्याजीपीडितहरु हिँडेरै काठमाडौं आइप्ुगेका छन् । उनीहरुले आज बालुवाटारस्थित नेपाल राष्ट्र बैंकमा आफ्नो मागसहित धर्ना दिने कार्यक्रम रहेको छ । 

न्याय नपाएको भन्दै पूर्वपश्चिम पैदल यात्रा गरी काठमाडौं प्रवेश गरेका उनीहरुले गएको माघ १६ गते सहिद दिवसको दिन झापा र कञ्चनपुरबाट एउटै समयमा पैदलयात्रा सुुरु गरेका थिए । 

१७ दिन हिँडेर फागुनको ३ गते चितवनको नारायणगढमा भेला भएका थिए । मधेसका २० जिल्ला र अरु आठ जिल्लाका पीडित न्याय मार्चमा छन् । 

फर्जी तमसुक, चेकलाई अवैध घोषणा गरेर क्षतिपूर्ति दिनुपर्ने, समस्या समाधान गर्न न्यायिक आयोग गठन गर्नुपर्ने लगायत उनीहरूका माग रहेको छ । यसअघि गएको वर्ष चैत १२ गते मिटरब्याजी पीडितहरु महोत्तरीको बर्दिबासबाट ११ दिन हिँडेर काठमाडौं आएका थिए । 

पीडितहरुको धर्ना, प्रदर्शन र दबाबपछि सरकारले सम्झौता गर्दै चैत अन्तिममा मिटरब्याजी पीडितको समस्या समाधान गर्न तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महशुष भयो ?

like

dislike

love

funny

angry

sad

wow