हाम्रो देश गरीब होइन, गरीब बनाइएको हो : प्रेमकुमारी पुन

 0
हाम्रो देश गरीब होइन, गरीब बनाइएको हो : प्रेमकुमारी पुन


काठमाडौं । प्रेमकुमारीले सानैदेखि अल्लोको कपडा लगाउने गरेकी थिइन् । विद्यालय पोशाक र झोला पनि अल्लोकै थियो । भारी बोक्ने नाम्लो, गाईभैंसी बाँध्ने दाम्लो, अन्न राख्ने धोक्रो, ओढ्ने ओच्छयाउनेदेखि बच्चा बोक्ने तन्ना सबै अल्लोबाटै बनाइएका हुन्थे । उनकी आमाले हातैले ती कपडा तयार पार्थिन् । ४० वर्षको उमेरमा सिलाईकटाईको सीप सिकेपछि प्रेमकुमारीले पनि निणर्य गरिन- ‘अब अल्लो उद्योग खोल्छु र आफूजस्तै बेरोजगार महिलालाई रोजगारी दिन्छु ।’

आमाले सिकाएको सीप यहि पुख्र्यौली पेशालाई देशको एक सफल स्वदेशी ब्राण्ड बनाउँदै अन्तर्राष्ट्रियस्तरसम्मै पुग्ने सपना बुनेकी प्रेमकुमारी पुन स्वदेशी उत्पादन बजारीकरणमा लागेको २१ बर्ष भइसक्यो । तर, वन जंगलमा सडेर जाने कच्चा पदार्थबाट उपयोगी वस्तुहरुको बजारीकरणमा राज्यले कुनै सहयोग नगरेको उनको दुःखेसो आक्रोस छ । 

आफ्नो कमाई र ऋण लगायत चार लाखमा उद्योग सुरु गरेकी प्रेमकुमारीले धेरै महिलालाई रोजगार दिएकी छन् । उनको उद्योगमा महिला र पुरूषका लागि आवश्यक पर्ने जुत्तादेखि टोपीसम्म सबै कपडा बन्छन् । जनप्रतिनिधि र सरकारी कर्मचारीहरु एवं विद्याहरुले अनिवार्य अल्लो वा अन्य स्वदेशी कच्चा पदार्थका उत्पादनहरु प्रयोग गर्ने व्यवस्था गरेमा आर्थिकरुपमा कायापलट हुने उनको विश्वास छ । 

आमाले सिकाएको सीपबाट उत्कृष्ट उद्यमी बनेकी प्रेमकुमारी स्वदेशी कच्चा पदार्थको असली ब्राण्ड बनाएर आफ्नै ठाउँमा रोजगार सिर्जना गर्न सकिन्छ, आफ्नै मेहनतको कमाइमा भर पर्न सकिन्छ भन्ने उदाहरणीय एक विशेष नारी हुन् । प्रस्तुत छ उनै ‘अल्लो दिदी’ अर्थात प्रेमकुमारी पुनसँग हामीले गरेको भिडियो संवाद :

यो खबर पढेर तपाईलाई कस्तो महशुष भयो ?

like

dislike

love

funny

angry

sad

wow