रोचेस्टर स्विप्स फेस्टिभल भब्य, नेपालीहरुको उत्कृष्ठ प्रस्तुति 

May 7, 2024 - 12:21
 0
रोचेस्टर स्विप्स फेस्टिभल भब्य, नेपालीहरुको उत्कृष्ठ प्रस्तुति 
  • भुमिराज राई 

मेडवे केन्ट । रोचेस्टर स्विप्स फेस्टिभल २०२४ भब्य रुपमा सम्पन्न भएको छ । हरेक बर्ष लोकप्रिय बन्दै गइरहेको रोचेस्टर स्विप्स महोत्सब २०२४ (Rochester Sweeps Festival 2024) को ४२औँ संस्करण यो बर्ष पनि भब्य रुपमा सम्पन्न भएको हो ।
 
मेडवेको पुरानो शहर रोचेस्टरको गिल्डहल म्यूजियम फोरकोर्ट बाहिर ४ मेमा शनिबार मेडवेका मेयर काउन्सिलर श्रीमती निना गुरुङ्ले उदघाटन गरेका थिए । तीन दिनसम्म चलेको महोसत्वसमा मोरिस नर्तक नर्तकीहरुको खुट्टाको चाँप घण्टी, मौलिक लोक धुन, बाजा र अन्य साँगीतिक धुनसहित रोचेस्टर शहरमा सहभागिताहरुको बाक्लो उपस्थित थियो ।

सहभागीहरुले मोरिस नर्तकहरुको रंगी बिरंगी पहिरनमा सजिएर बाजासहित लोक धुन र संगीतमा आफ्नो मौलिक लोक नृत्य प्रस्तुत गरेका थिए । महोसत्सवमा युरोप, दक्षिण एशिया र अफ्रिकी महादेशदेखि समेत सहभागी भएका थिए । 

पहिलो पटक गोर्खा नेपाली समाज मेडवे यो बर्ष (Gurkha Nepalese Community Medway GNCM) लाई पनि स्विप्स फेस्टिभलमा सहभागीता जनाएको थियो । उनीहरुले नेपाली लोक तथा सांस्कृतिक गीतमा नृत्य समेत प्रस्तुत गरेका थिए । सांस्कृति पहिरनसहित उनीहरुले किरात राईहरुको सोकला नृत्व समेत प्रस्तुत गरेका थिए । 

मेडवेकि मेयर काउन्सिलर श्रीमती निनाले आफू नेपाली मुलकी पहिलो महिला मेयर भएर कार्यक्रमको उद्घाटन गर्न पाउनु गर्वको कुरो रहेको बताईन् । नेपाली संस्कृति, नृत्य, बीर गोर्खालीहरुको पहिचानको पर्याय खुखुरी प्याटर्न, आदिवासी राईहरुको साकेला प्रस्तुति दर्शक सहभागीहरुलाई नचाउन सक्नु सबै कार्यक्रममा सहभागिताको सफलताको उदाहरण भएको उनले बताईन् । उनले समापन समारोहमा सम्पूर्णलाई धन्यबाद तथा बधाई ज्ञापन गरेकी थिईन । 

मेडवे अत्यन्तै सुन्दर र भ्रमण योग्य रहेको बताउँदै काउन्सिलर गुरुङले सबैलाई मेडवे भ्रमण गर्न निम्तो समेत दिएकी छन् । ‘मेडवे अत्यन्तै हरियाली र भ्रमण गर्दै हेर्न लायक शहर हो यहाँ आएर भ्रमण गरेर आनन्द लिन म सम्पूर्णलाई अनुरोध गर्न चाहन्छु ।’

महोसत्वमा नेपाली समाज मेडवे आफ्नो सहभागिता उपलब्धि मुलक बनेको GNCM का उपाध्यक्ष ज्ञानेन्द्र राईले बताए । छोटो समयमा गोर्खा नेपाली समाज मेडवेले दिन रात खटेर आफ्नो उपस्थिति बलियो देखाउन पाएको महासचिब हरित पोख्रेलको भनाई छ । 

गोर्खा नेपाली समाज मेडवेका सल्लाहकार शिब राम राइले आफुले १४ बर्ष उमेर देखि नाची आएको साकेला युकेको रोचेस्टर स्विप्स महोत्सबसम्म नाच्न पाउनु आफैमा गर्वको कुरा भएको बताए । साकेला संयोजक श्रीमती चन्द्रावती राईले गैर राई र पहिलो पटक सिकेर छोटो समयमा पनि राम्रो साकेला प्रस्तुत गर्न सहयोग गर्ने सबैलाई धन्यबाद दिए । यस्तै, ब्यांक होलिडेको लामो सप्ताहान्तको ३ दिने महोत्सबमा बिभिन्न ब्याण्डहरुले आफ्नो गीत संगीत प्रस्तुत गरेका थिए । 

सन् १९८१ सालमा गोर्डन न्युटनले रोचेस्टर स्विप्स महोत्सबको शुरुवात गरेका थिए भने हरेक बर्ष मेडवे काउन्सिल सँगको सहकार्यमा यो महोत्सब आयोजना हुने गरेको छ । स्विप्स ब्रिटिश मौसमको गर्मीको शुरुवातको प्रतिक हो । 

यो खबर पढेर तपाईलाई कस्तो महशुष भयो ?

like

dislike

love

funny

angry

sad

wow