यस्तो छ फिल्म ‘गाउँ आएको बाटो’को ट्रेलर 

 0
यस्तो छ फिल्म ‘गाउँ आएको बाटो’को ट्रेलर 

काठमाडौं । विश्वका प्रमुख महोत्सव टोरोन्टो, बुसान पुगेको फिल्म ‘गाउँ आएको बाटो’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा लोकप्रिय भिनेता दयाहाङ राई, अभिनेत्री पशुपति राई र बाल कलाकार प्रसन राई देखिएका छन् । 

यो फिल्मका लागि अभिनेता दयाहाङले १२ केजी वजन घटाएका थिए । फिल्ममा अनुबन्धित हुनु अगावै निर्देशक सुब्बाले दयालाई १५ केजी घटाउन लगाएका थिए । तर, २ महिनाको अवधिमा आफूले १२ केजी मात्र घटाउन सफल भएको अभिनेता दयाहाङले ट्रेलर सार्वनजिक कार्यक्रममा बताए । 

करिअरकै उत्कृष्ट फिल्म दाबी गर्दै आइरहेका दयाहाङ आफूले वर्षौं अगाडिदेखि ‘गाउँ आएको बाटो’ बन्ने चर्चा सुनेको तर, त्यसमा कुनै दिन आफूले नै अभिनय गर्न पाउला भन्ने नचिताएको पनि सुनाए । 

अभिनेत्री पशुपति राईले अभिनयको फरक पक्षलाई यो फिल्ममा अभिनय गर्दा आफूले सिक्न पाएको सुनाईन् । अमोद राई निर्माता रहेको यो फिल्मलाई निर्देशक सुब्बा र महेश राईले लेखेका हुन् । फिल्ममा सामुदायिक लगानीमा बनेको यो फिल्मलाई अमेरिकन छायाँकार जोश हेरमले खिचेका हुन् । 

फिल्ममा हाइडी लीको संगीत, केदार श्रेष्ठको कास्टिङ निर्देशन, राज थापाको कला निर्देशन, किशोर आचार्यको साउन्ड डिजाइन, सिकुमा राईको पहिरण, क्वान पुन लुङको सम्पादन छ । यो फिल्म जेठ २५ देखि नेपालभर प्रदर्शन हुँदैछ । 

यो खबर पढेर तपाईलाई कस्तो महशुष भयो ?

like

dislike

love

funny

angry

sad

wow