मोरङको कानेपोखरीमा ७ दिने लागूऔषध सेचतना 

 0
मोरङको कानेपोखरीमा ७ दिने लागूऔषध सेचतना 

दिपेश रोक्का 
मोरङ । मोरङको कानेपोखरी ६ मा ७ दिने लागूऔषध सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । आदर्श समाज कानेपोखरीद्वारा आयोजित ७ दिने लागुऔषध सचेतनामुलक कार्यक्रम बुधबार  सम्पन्न भएको हो । कानेपोखरी गाउँपालिकाको नीति कार्यक्रम तथा बजेट अन्तर्गत रमाइलो प्रहरी चौकीको सहकार्य भएको कार्यक्रममा पालिकाका १ देखि ७ वडा भरिका स्कुलहरुमा लागूऔषध सचेतनामुलक कार्यक्रम गरिएको आयोजकले जनाएको छ । 

आर्दश समाज कानेपोखरीका अध्यक्ष प्रकाश कोइरालाका अनुसार जन चेतनामूलक कार्यक्रमको आयोजना गर्दै आएको आदर्शले कोहि पनि लागु दुव्र्यशीनमा नफसुन र समाजलाई लागुऔषध मुक्त बनाउने उदेश्यले कार्यक्रमको आयोजना गरिएको हो । 

आदर्श समाज कानेपोखरीले पहिलो दिन जनसेवा माबीको सभाहलमा कार्यक्रम सुरु गरेको थियो । कानेपोखरी ४ स्थित श्री पिनाकल ज्ञान मन्दिर, कानेपोखरी १ स्थित श्री माबी  होक्लाबारी, कानेपोखरी ७ स्थित जनकल्याण माबी, कानेपोखरी २ स्थित राधाकृष्ण मन्दीर, कानेपोखरी ३ स्थित श्री शिक्षा सदन हरकपुर, कानेपोखरी ५ स्थित श्री सिंहदेबि माध्यमिक विधालयको प्राङ्गणमा आदर्श समाज कानेपोखरीले कार्यक्रम समापन गरिएको थियो । 

समापन समारोहमा प्रमुख अतिथि कानेपोखरी गाउँपालिकाका अध्यक्ष राजमती इङनामले लागूऔषधले समाजमा अहिले युवा नशामा फसेको बताईन् । लागूऔषध सेवनले समाजमा नकारात्मक असर पर्दै गएको बताउँदै उनले लागू औषध पुर्णरुपमा कानेपोखरीमा न्यूनीकरण गर्न कानेपोखरी गाउँपालिकाले अझ थप बजेट पेश गरि यशलाई कानेपोखरी गाउँपालिका न्यूनीकरण गर्न लाग्ने प्रतिबद्धता जनाईन् ।  

वडा अध्यक्ष रत्न बहादुर कार्की, कानेपोखरी २ का वडा अध्यक्ष सुशील बुढाथोकी , कानेपोखरी ४ का वडा अध्यक्ष रमेश राउत, कानेपोखरी ५ का वडा अध्यक्ष चरण गुरुङ, कानेपोखरी का कार्यवाहक वडा अध्यक्ष पदमा कार्की, कानेपोखरी अस्पताल स्वास्थ शाखा प्रमुख रोहिन्द्र राज भण्डारी, नेपाली काङ्ग्रेस कानेपोखरी सभापति योगेन्द्र दाहाल, कानेपोखरी राप्रपा अध्यक्ष  तिर्थ गुरुङ, नेपाली काङ्ग्रेस कानेपोखरी कोषाध्यक्ष सुर्य लिम्बू, कार्यक्रमको प्रमुख प्रशिक्षक किशोर कुमार मगर, सिंह देबि माबीका  प्रधानाध्यापक धर्म थापा,  लगायत समाजसेवि व्यक्ती तथा शिक्षक, प्रहरी, पत्रकारहरुको उपस्थित रहेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महशुष भयो ?

like

dislike

love

funny

angry

sad

wow