भोजपुरमा माओवादीको ‘कृषि फर्म’  

May 7, 2024 - 12:28
 0
भोजपुरमा माओवादीको ‘कृषि फर्म’  

काठमाडौं । ‘पिखुवा कृषि फर्म’ राजनीतिक दलका नेतृत्वले उत्पादनमा जोडिनुपर्छ भन्ने उदाहरणीय नमुना हो । ‘२१औँ शताब्दी कृषि क्रान्तिको शताब्दी, कृषिमा लागौँ, आर्थिक उत्पादन बढाऔँ’ भन्ने नारासहित २०७१ पुष १७ गते मन्त्री सुदन किरातीको नेतृत्वमा ‘पिखुवा कृषि फर्म’ सुरु गरिएको थियो ।

यो फर्म सञ्चालन गर्दा नेकपा माओवादी केन्द्र भोजपुरका ५० जना बढी नेता, कर्याकर्ताहरुले शेयर लगाएका थिए । हाल यो कृषि फर्म रामप्रसाद राई गाउँपालिकाका प्रमुख थाम बहादुर राई ‘निर्माण’को नेतृत्वमा सञ्चालन भइरहेको छ ।

अहिले यहाँ दुई जना स्थानीय श्रीमान श्रीमतीले रोजगार समेत पाएका छन् । फर्ममा विभिन्न प्रजातिका फलफुल, बाख्रा, कुख्रा, माछापालन गरिएको छ । नारामा भनिए जस्तै राजनीतिक दलका हरेक नेताहरुले कृषिमा आफू पनि जोडिँदै युवालाई प्रोत्सान गरे नेपालीहरुको आर्थिक उत्पादन पक्कै पनि सुधार हुने थियो । 

हेर्नुहोस् तस्बिर 

यो खबर पढेर तपाईलाई कस्तो महशुष भयो ?

like

dislike

love

funny

angry

sad

wow