फिल्म ‘दान्बी’को ट्रेलर सार्वजनिक, पुर्जा शर्मा एक्सन अवतारमा

 0
फिल्म  ‘दान्बी’को ट्रेलर सार्वजनिक, पुर्जा शर्मा एक्सन अवतारमा

दिपेश रोक्का 
काठमाडौं । नेपाली चलचित्र ‘दान्बी’को ट्रेलर सार्वजनिक भएको छ । अगामी असर ७ बाट देशभर प्रदर्शनमा आउन लागेको चलचित्र ‘दान्बी’को बिहिबार ट्रेलर सार्वजनिक गरिएको हो । 

सार्वजनिक ट्रेलर अभिनेत्री पुजा शर्मालाई एक्सन अवतारमा देखाइएको छ । अभिनेत्री शर्मालाई नवनायक कुन्साङ बोम्जम संगको प्रेमलाई ट्रेलरमा देख्न सकिन्छ । चलचित्र दान्बीमा रुपेश तामाङले निर्देशन गरेका हुन् । 

फिल्ममा कलाकार किरण श्रेष्ठ लगायत अन्य कलाकारहरुको अभिनय रहेको छ । नायिका पुजा शर्मालाई लेडि टाइगरको उपनाम दिएको छ । कार्यकारी निर्माता पवन राना मगर रहेका छन् । चलचित्रमा कमला लिम्बू, पन्चबहादुर तामाङ र आदर्श पौडेल सह निर्माता रहेका छन् । 

फिल्ममा सन्जोग कुँवर रानाको पटकथा तथा संवाद, रविना थापा मगरको कथा, हरिप्रसाद घलेको डीओपी, बन्दे प्रसादको सम्पादन, श्री श्रेष्ठको एक्सन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी छ । 

यो खबर पढेर तपाईलाई कस्तो महशुष भयो ?

like

dislike

love

funny

angry

sad

wow