फिल्म ‘आचार्य’को ट्रेलर सार्वजनिक

 0
फिल्म ‘आचार्य’को ट्रेलर सार्वजनिक

काठमाडौं । भजन शिरोमणी भक्तराज आचार्यको जीवनीमा आधारित फिल्म ‘आचार्य’को ट्रेलर सार्वजनिक गरिएको छ । शनिबार सार्वजनिक ट्रेलरमा आचार्यको बाल्यकालदेखि  संगीत क्षेत्रको उत्कृष्ट समय अनि स्वर गुमेको घटना पनि देखाइएको छ । 

फिल्म ‘आचार्य’ १३ वर्षअघि निर्माण भएर प्रदर्शन भएता पनि भक्तराज आचार्यलाई श्रद्धाञ्जली स्वरूप पुनः रिलिज गर्न लागिएको जनाइएको छ । 

भक्तराजको निधन पश्चातका दृश्यहरू पनि समेटेर फिल्मलाई असार ७ गतेदेखि नेपाल र अन्तर्राष्ट्रिय बजारमा पुनः प्रदर्शनमा ल्याउन लागिएको हो । प्रशान्त रसाईलीको निर्देशनमा तयार फिल्ममा गायक आचार्यको भूमिका उनकै जेठा छोरा सत्यराज आचार्यले निर्वाह गरेका छन् । 

उनीसहित सुनिल पोखरेल, अरूणा कार्की, दयाहाङ राई, विपीन कार्की, सौगात मल्ल लगायतको पनि अभिनय छ । रोशन राई निर्माता रहेको फिल्मलाई देवजंग थापाले पुनः सम्पादन गरेका हुन् । भक्तराज आचार्यको गत फागुनमा ८२ वर्षको उमेरमा निधन भएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महशुष भयो ?

like

dislike

love

funny

angry

sad

wow