राष्ट्रहितका लागि वामपन्थी एकता

Apr 25, 2024 - 13:21
 0
राष्ट्रहितका लागि वामपन्थी एकता

अमेरिकन साम्राज्यवादको उदय पश्चात विश्वमा प्रकृति पुजक, प्राकृतिक प्रिय आम आदिवासीहरुको दुरदशा सुरु  भएको थियो । त्यसको विरुद्ध विश्वभरि नै विद्रोहहरु छेदिएका थिए । दलाल पुजिवादले प्रकृतिक श्रोत साधनको दोहन  अनियन्त्रीत ढंगबाट गर्दै आएको सर्वविदीतै छ । दलाल पुजीवादले यो या त्यो बहानामा जसरी हुन्छ आफ्नो नियन्त्रणमा राख्ने र त्यसको निर्मम दोहन गर्ने प्रवृति छ यो खतरापूर्ण छ । चरम उपभोक्तावाद, नाफा मुखी बजार र  दलाल पुजिवादले हरेक मानिसमा मानसिक भ्रष्तिकरण गर्दै लगिरहेको छ ।

बिकासको नाममा होस कि सेवा र  सुविधाको नाममा यसले समाजलाई जवर्जस्त भ्रष्टिकरण र भ्रमित गर्दै लगिरहेको छ । यो विकास उन्मुख देशहरुको  लागि झनै खतराको विषय हो । यसले समाजलाई जवरजस्त अपराधीकरण बनाउँदै लगिरहेको छ । यो सम्पूर्ण  गतिविधि राज्यको प्रत्यक्ष सहभागितामा हुदैआइरहेको छ । यस्ता नाजायज, अप्राकृतिक गतिविधिले मानवीय  अस्तीत्वको खतरा नजिक देखिन्छ । त्यसैले पनि हामी क्रान्तिकारीहरुले यस्ता संबन्धहरुको खुलेर प्रतिबाद र प्रतिरोध  गर्दै मानवीय अस्तित्वको रक्षा गर्नु अहिलेको आवश्यकता हो । 

  • क्रान्तिकारी प्रगतीशिलहरुले यतिबेला विवेक पुर्‍याउन सकेन भने देश समस्या ग्रस्त बन्ने र  अराजनीतिक तत्वहरु हावी हुने खतरा छ । 

नेपालमा लामो संर्घष पश्चात लामो समयदेखि नेपाली समाजमा अत्यचारपूर्ण इतिहासले चित्रित सामन्तवाद  पनस्याउन सफल भयो, र मुक्तिको धोका खोलिदियो । यती मात्र गरेन यसले संगै खुल्ला बजार, उपभोक्तावाद, नव उदारवाद र दलाल पुजीवादलाई लिएर आयो । एक क्षत्र सामन्तवादको उत्पीदन बाट नेपाली जनता मुक्त त भए तर  परिवर्तन संगै भर्खरै तनाशाही सामान्तवादको जातोबाट मुक्त भएको आम जनता खुल्ला बजार, उपभोक्तावाद,  नवउदारवादसंग सामाना गर्ने सामार्थ राख्दैन थियो भने अर्को तिर परिवर्तनकारी शक्ति कम्जोर, छिन्न भिन्न हुदै जानु सत्तामा अवसरवादी तानाशाही राणातन्त्र, पञ्चे अथवा सामन्तवाद कै जुथोपुरो खाएर हुर्के र सलामि र गुलामि  रमाउनेहरुकै सत्ता माथि हालिमुहालि हुनुले खुल्ला बजार, उपभोक्तावाद र नव उदारवादले दलाल पुजिवादलाई  मलजल गर्यो । यो परिवर्तनको हिमायती असली हकदार जो आज पनि सदक मै आन्दोलीत छ, भने अर्को तिर हिजो  जो यो परिवर्तन चाहान्दैन थिए यो परिवर्तनलाई जवरजस्त आतङ्कवादको विल्ला भिराउनेहरु र परिवर्तनको  आन्दोलन माथि नै निर्मम दमन गर्नेहरु आज यो व्यावस्था परिवर्तन पछि पनि तिनकै सत्ता र शक्ति माथिको  हालिमुहाली हुन नै आजको समस्याको मुल जड हो ।

समाज परिवर्तनशील छ, विज्ञान, प्रकृति विज्ञान गतीशील छ । सोभावैले प्रकृति विज्ञानको गतीलाई संमाज विज्ञानले  समाउन सकेन भने विभिन्न समस्या यसरीनै आउने गर्छ । फेरी पनि समाजीक विज्ञानको गतीले ती बन्धनहरु तोदेर  आफ्नो यात्रा निरन्तर गर्छ । यो विज्ञानको नियम हो, विज्ञान कहिले पछि फर्कैन्दैन । अहिले नेपालमा पनि परिवर्तन  गतीले सनातक छाएको छ । प्रतिगमनकारी हावी भएको छ, समाजीक तत्वहरुले अराजकताको बाटो समातेको छ । समस्या नै समस्या देखाएर विज्ञानको गतीलाई नै चुनौती दिई आम समाजमा दिग्भ्रमित बनाउँदैछ ।

निषेदको निषेद  नियमले के भन्छ भने विजले स्वभाववैले आफ्नो मुल अंसलाई निषेद गर्दछ, विजलाई अङ्कुरणले निषेध गर्दछ, अङकुरण विरुवालाई वयस्क विरुवाले निषेद गर्दछ, बयस्क विरुवालाई मुल अम्सले निषेध गर्दछ । यसरी चक्रीय  प्रणाली अन्तरगत नै सबै पदार्थ, समाज विज्ञान पनि आफ्नो अस्तित्वको रक्षा गर्दै आफ्नो विकास गर्छ । पहिलो भन्दा  पछिलो कुनै न कुनै हिसावमा त्यो विकसीत हुने गर्दछ । यसरी हेर्दा के कुरामा विश्वस्त हुनपर्दछ भने प्रतिगमन जती  तामझामका सात खुसीयाली मनाए पनि त्यो अन्तत मुतको न्यानो मात्र हुनेछ ।

इतिहासको पाङ्ग्रा उल्टो दिशा तर्फ हिन्दैन, पछि पनि फर्कन्दैन र यथास्थितीमा पनि रहन्दैन, त्यो सधै गती शिल र  अघि, अगाडीनै बन्द्छ । कहिले काहि पश्चगमन हावी हुँदा, प्रतिगामीहरुको दबदबा हुँदा क्रान्तिकारी  शक्तिहरुलाई पनि दिग्भ्रमित पार्छ । तर यो साचो होइन । परिवर्तनको पदचाप, गतीमा कहिले काहि अवरोध पर्दा  स्वभाववैले यस्तो परिस्थिती तयार हुने गर्दछ ।

  •  समस्याहरुको  समाधान, विविधतालाई सम्वोधन गर्ने व्यवस्था वैज्ञानिक समाजवाद नै हो । जहा पहिचान, अधिकार, विशेष  अधिकार र संरक्षण क्षेत्रको समान विकास हुने गर्दछ ।

इमान्दारी युवाहरुमा निरासा देखा पर्ने, उच्छृंखल र अराजक्ता  हावी हुने र सम्पुर्ण समाज नै अबसर, खेलो फड्कोमा रमाउने हुन्छ । यसले बास्तवमा समाजमा हिंसा, आतङ्क,  अराजक र उच्छृंखल जस्ता समस्याहरु निम्तयाउने गर्छ । यो समाज पनि विपरितहरुको एकत्वको नियमको  आधारमा नै चल्छ । त्यसैले तमाम समस्याहरुको समाधानको लागि फेरी समाज विज्ञानले नियम सिद्धान्त प्रतिपादन  गर्नेछ समस्याहरुको हल खोज्दै फेरी पनि आफ्नो गतीलाई निरन्तरता दिन्छ । यसरीनै समाज विज्ञानको विकास भएको देखिन्छ । चाल्र्स डार्विनको बाँच्नका लागि संर्घषको नियम होस अथवा माक्र्सवादको वर्गसंघर्ष दुवै समाज  विज्ञानको अकात्य नियम हो ।

नेपालमा भएको महान १० वर्षे जनयुद्धको जगमा भएको दोस्रो जनआन्दोलनले सामन्तवादको मुलत अनत्य गर्‍यो ।  देशमा केन्द्रीकृत शासन प्रणालीले गरेको असमान्ता पूर्ण क्षेत्रगत विकासलाई परिवर्तन गर्दै समान्तापूर्ण विकासका  लागि विकेन्द्रीकृत शासन प्रणाली अवलम्ब गर्दै गर्दा, देशमा भएको मुख्यतः वर्गीय समस्या, क्षेत्रीय समस्या, जातीय  समस्या, महिलाहरुको समस्या, मज्दुर हरुको समस्यालाई सम्बोधन गर्नको लागि नै संघीय लोकतान्त्रीक गणतान्त्रिक  व्यावस्था अवलम्ब गरेको हो । यती मात्र होइन संघीयताको अवधारण विविधतालाई संवोधन गर्ने उद्देश्यले निमार्ण  गरेको हो ।

विभिन्न राष्ट्रहरुको पहिचान, अधिकार, विशेष अधिकार दिएर देश सासन सत्तामाथि जिम्मेवार बनाउने र  सासन सत्ता माथिको अपनत्व महसुस गराउने उद्देश्य साथ संघीयताको अवधारणा बनेको हुन्छ । तर दोस्रो संविधान  सभाको निर्वाचन पछि पश्चगामी शक्तिहरु हावी हुदै आए, यो नै आजको मुख्य समस्या हो । हुनत समाज विज्ञानको  दृष्टिकोण अथवा समाज विकासको दृष्टिकोणबाट हेर्ने हो भने यो संक्रमणकालीन व्यावस्था हो । संक्रमणकालीन  व्यावस्था भनेको बेलगामको घोडा जस्तै हो । यसले समाधान दिन भने सक्दैन, यो प्रकृया मात्र हो । समस्याहरुको  समाधान, विविधताहरुलाई सम्वोधन गर्ने व्यवस्था वैज्ञानिक समाजवाद नै हो । जहा पहिचान, अधिकार, विशेष  अधिकार र संरक्षण क्षेत्रको समान विकास हुने गर्दछ । २०७० पछिको प्रतिगामी यात्रा, संघीय लोकतान्त्रीक  गणतत्त्रात्मक संक्रमणकालीन व्यावस्था यो समय क्रान्तिकारी, प्रगतीशिलहरुका लागि असाध्यै चुनौतीपुर्ण हुन्छ ।

यती बेला क्रान्तिकारी प्रगतीशिलहरुले विवेक पु¥याउनै पर्छ, यदी पुर्‍याउन सकेन भने यो झन समस्या ग्रस्त बन्ने र  अराजनीतिक तत्वहरु हावी हुने अवस्था हुन्छ । र अन्तत यो साम्राज्यवादीहरु शक्तिहरुको गोटी बन्छ । आज नेपालको  वस्तुगत परिस्थीती पनि ठ्याकै त्यस्तै छ । 

रोशन किराती क्रान्तिकारी युवा आन्दोनल मुल संगठन प्रकाशन विभाग प्रमुख, र किरात गणराज्य मोर्चा, यलाखोम समितिका संयोजक समेत हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महशुष भयो ?

like

dislike

love

funny

angry

sad

wow