तस्बिरमा उडिसाको ‘सार्वभौम वन’

 0
तस्बिरमा उडिसाको ‘सार्वभौम वन’

काठमाडौं । भारतको फिल्म निर्माता अमर कन्वरको मल्टिमिडिया प्रस्तुती ‘सार्वभौम वन’ काठमाडौंमा यतिबेला प्रदर्शन भइरहेको छ । भारतको उडिसा राज्यमा सन् १९९० बाट रैथाने जनजाति तथा किसानलाई जबर्जस्ती विस्थापन गर्ने क्रम जब भयो । त्यसपछि साढे दुई दशकमा थुप्रै पर्वत शृंखला, वनजंगल तथा कृषियोग्य जमीनलाई खनिज पदार्थ उत्खनन समूह र व्यापारिक संस्थाले व्यावसायिक प्रयोजनका लागि भाडामा लिने वा किन्ने काम गरियो । 

यसमा राजनीतिक दलका नेताहरू, सरकारी अधिकारी, प्रहरी, प्रशासन तथा आपराधिक समूहको मिलेमतोमा स्थानीय बासिन्दामाथि दमन भयो । दमन विरुद्ध स्थानीय किसान, माझी समुदाय र रैथाने आदिवासीले प्रतिरोध गर्न थाले । 

यही द्वन्द्वका विषयमा सन् १९९९ देखि दस्तावेज राख्न थालेका फिल्म निर्माता अन्वरले मल्टिमिडिया कलाकृति ‘सार्वभौम वन’ तयार पारेका हुन् । सुधीर पटनाइक र शेरना दस्तुरसँगको सहकार्यमा तयार भएको ‘सार्वभौम वन’ लाई फोटोसर्कलले काठमाडौंमा प्रदर्शन गरेको हो । आयोजकका सरिता सिंहका अनुसार नेपाल कला परिषद्‌मा जारी प्रदर्शनी आउँदो चैत १८ गतेसम्म चल्नेछ । बिहान ११ देखि बेलुका ७ बजेसम्म प्रदर्शनीमा सहभागी हुन सकिनेछ । 

तस्बिर : प्रकाश चाम्लिङ 

यो खबर पढेर तपाईलाई कस्तो महशुष भयो ?

like

dislike

love

funny

angry

sad

wow