डिग्री माइलाको टिजर रिलिज 

 0
डिग्री माइलाको टिजर रिलिज 

काठमाडौं । दयाहाङ राई अभिनित नयाँ फिल्म ‘डिग्री माइला’को टिजर रिलिज भएको छ । रामबाबु गुरुङ निदेर्शन गरेको फिल्मको सार्वजनिक टिजरमा शीर्ष पात्र ‘डिग्री माइला’ बनेका दयाहाङ राईलाई क्याम्पस व्यवस्थापन समितिले अंग्रेजी शिक्षकका लागि अंग्रेजीको दख्खलता परीक्षण लिइएको देखाइएको छ । 

टिजरमा दयाहाङलाई आँचलसँग गीतमा रोमान्टिक हुँदै गरेको पनि देख्न सकिन्छ । यस्तै, उनले टिजरको अन्त्यमा दयाले आफ्ना बाबुलाई आफूले चौधरी ग्रुपले मासिक ४ लाखको जागिर प्रस्ताव लत्याएको भनेर भनेको दृश्यसमेत समावेश गरिएको छ । 

बाँसुरी फिल्मस्को ब्यानरमा निर्माण भएको यो फिल्मले थर्ड डिभिजनमा मास्टर डिग्री पास गरेका एक शैक्षिक बेरोजगारको कथा समेटेको छ । यही नाममाथि अभिनेता दयाहाङको निर्देशनमा केही वर्षअगाडि नाटकसमेत प्रदर्शन भइसकेको छ । 

बाँसुरी फिल्मस्ले कबड्डी फिल्मस्ले तथा सुस्मा फिल्मस्सँग मिलेर फिल्मको निर्माण गरेको हो । फिल्म दयाहाङका अलावा आँचल शर्मा, विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रकाश घिमिरेलगायतको अभिनय छ । 

फिल्ममा नेमिश श्रेष्ठको सम्पादन तथा रोहित शाक्यको ब्याकग्राउण्ड म्यूजिक रहेको छ । फिल्म दुई क्यामराम्यान शिवराम श्रेष्ठ तथा राइली एस शिनले खिचेका हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महशुष भयो ?

like

dislike

love

funny

angry

sad

wow