गोर्खा वारियरको रेडकार्पेट प्रिमियर 

 0
गोर्खा वारियरको रेडकार्पेट प्रिमियर 

काठमाडौ । चलचित्र गोर्खा वारियरको रेडकार्पेट प्रिमियर शो सम्पन्न भएको छ । बुधबार साँझ काठमाडौंको सिटी सेन्टर स्थित बिग मुभिजमा आयोजित चलचित्रको प्रिमियर शोमा नेपाली चलचित्र क्षेत्रका हस्तीहरू तथा विभिन्न राजनीतिक दलका नेताहरूको उपस्थिती थियो । 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन पनि चलचित्रको प्रिमियर शो हेर्न गएका थिए । आगामी शुक्रबारदेखि देशभर प्रदर्शनमा आउने चलचित्र ‘गोर्खा वारियर’मा सन् १९४९ मा मलायाको जङ्गलमा गोर्खा सैनिकले लडेको लडाइँको कथालाई प्रस्तुत गरिएको छ । 

चलचित्रमा रितेश चाम्स, विजय लामा, रेविका गुरूङ,सुरज तमु, रियर राई, शिशिर बाङ्देल, कविता आले, विरूप घले, सारा राईलगायत कलाकारले अभिनय गरेका छन् । 

लन्डन सिनेआई प्रोडक्सन र चाम्स इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भएको फिल्मको निर्माता सुस्मिता वाइबा र सुमन राई हुन् भने कार्यकारी निर्मातामा प्रशान्त थापा र राजेन्द्र घिमिरे छन् । 

नेपाल र मलेसियामा छायांकन गरिएको फिल्मको कथा निर्देशक चाम्स र गिरिराज घिमिरेले तयार पारेका हुन् । रविन्द्र न्यौपाने र बाबु श्रेष्ठले छायांकन गरेको फिल्मलाई मिलन श्रेष्ठले सम्पादन गरेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महशुष भयो ?

like

dislike

love

funny

angry

sad

wow