‘गाउँ आएको बाटो’ एजियास्टिका फिल्म फेस्टिभल’मा छनोट 

 0
‘गाउँ आएको बाटो’ एजियास्टिका फिल्म फेस्टिभल’मा छनोट 

काठमाडौं । विश्वको प्रतिष्ठित मानिने टोरोन्ट, बुसान, मुम्बईलगायत फिल्म फेस्टिभलहरुमा प्रिमियर भएको चलचित्र  ‘गाउँ आएको बाटो’ विदेशी बजारमा जाने क्रम जारी छ । 

जेठ १८ गतेदेखि नेपालमा सार्वजनिक प्रदर्शनमा आउन लागेको यो सिनेमा स्वीडेनको ‘एजियास्टिका फिल्म फेस्टिभल’मा छनोट भएको छ । 

यो सिनेमा यसअघि स्वीडेनकै ठूलो गोटेन्बर्गमा फिल्म फेस्टिभलमा छनोट भएको थियो । नवीन सुब्बा निर्देशित यो चलचित्रमा दयाहाङ राई, पशुपति राई, प्रसन राई, केशव राई, सुमित्रा राई, राज थापा र प्रेम सुब्बालगायतका कलाकारको अभिनय छ । 

राई समुदायको सामाजिक पृष्ठभूमिमा बनेको यस चलचित्रले गाउँमा सडक आएपछि बाबु–छोराको सम्बन्धमा आउने उतार–चढावलाई चित्रण गरिएको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महशुष भयो ?

like

dislike

love

funny

angry

sad

wow