गणतन्त्रविरुद्धका गतिविधि कांग्रेसलाई मान्य हुन्न : देउवा 

 0
गणतन्त्रविरुद्धका गतिविधि कांग्रेसलाई मान्य हुन्न : देउवा 

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले व्यवस्थाविरोधी गतिविधि गर्ने कुरा मान्य नहुने बताएका छन् । महासमिति बैठकको उद्घाटन गर्दै सोमबार देउवाले ुजनताको निराशा देखाएर गणतन्त्रविरुद्धका गतिविधि कांग्रेसलाई मान्य नहुने बताएका हुन् । मुलुकको अर्थतन्त्रले जनतामा निराशा देखिएपनि त्यसलाई सबैले मिलेर सकारात्मकतातर्फ लैजानुपर्ने उनले बताए । 

ललितपुरको गोदावरीमा भएको महासमिति बैठकको उद्घाटन समारोहमा देउवाले विश्वभरी नै आर्थिक मन्दी रहेको र नेपालको अर्थतन्त्र बिस्तारै लयमा फर्किइरहेको बताए । जनताको आर्थिक अवस्थालाई व्यवस्था विरुद्ध प्रयोग गर्ने गतिविधि मान्य नहुने उनको भनाई थियो । 

ुविश्वभरी नै आर्थिक मन्दीको अवस्था छ । कोभिड १९ को महामारी, अन्तर्राष्ट्रिय स्तरमा केही मुलुकबीच युद्ध वा अशान्तिका कारण हाम्रो अर्थतन्त्रमा पनि प्रतिकूल प्रभाव परेको छ । तथापी, आर्थिक क्षेत्रमा सकारात्मक प्रभाव देखिन थालेको छ । आर्थिक प्रतिकूलताका कारण चाहे जस्तो काम गर्न सकिएको छैन । जनतामा केही निराशा देखिएको छ । हामी प्रतिकूल अवस्थालाई अनुकुलतामा बदल्न सक्छौं’, उनले भने,  ‘जनतामा नयाँ भरोसा र विश्वास जगाउन सकिन्छ । यसका सबै मिलेर काम गर्नु पर्दछ । जनताको निराशालाई देखाएर लोकतान्त्रिक गणतन्त्रको विरुद्धमा हुने गतिविधि कांग्रेसलाई मान्य हुन सक्दैन । लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो भन्ने कुरामा हामी दृढ छौँ ।’

लोकतान्त्रिक व्यवस्थाले नै सबै समस्यालाई सम्बोधन गरेर देशलाई विकासको बाटोमा लैजान सक्ने बताउँदै उनले विधिको शासन र सुशासनमा विशेष जोड दिनुपर्ने बताए । राजनीतिक दलहरूबीच प्रतिस्पर्धा हुनु स्वाभाविक रहेपनि कतिपय साझा विषय भएकाले संवाद, सहकार्य र सहमतिको नीतिमा अगाडि बढ्नुपर्ने देउवाको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महशुष भयो ?

like

dislike

love

funny

angry

sad

wow