किलियान एम्बाप्पेको रियल मड्रिडसँग ‘फ्रि–ट्रान्सफर’ मा अनुबन्ध 

 0
किलियान एम्बाप्पेको रियल मड्रिडसँग ‘फ्रि–ट्रान्सफर’ मा अनुबन्ध 

काठमाडौं । किलियान एम्बाप्पेले स्पेनिस महारथी रियल मड्रिडसँग ‘फ्रि–ट्रान्सफर’ मा अनुबन्ध हुने करार सम्झौता गरेका छन् । पेरिस सेन्ट जर्मेनसँगको करार ३० जुनमा सकिएसँगै उनी रियलसँग अनुबन्ध हुनेछन् ।

फ्रान्सेली स्ट्राइकरले गत फेब्रुअरीमा रियलसँग अनुबन्ध हुने मौखिक सम्झौता गरेका थिए । त्यसपछि मेमा उनले सिजनको अन्त्यमा पीएसजी छाड्ने घोषणा गरेका छन् ।

२५ वर्षीय खेलाडीले अहिले रियलसँग सर्तहरूमा हस्ताक्षर गरेका छन् । जुलाई १ मा ला लिगाको ट्रान्सफर विन्डो खुलेपछि उनी क्लबमा आबद्ध हुनेछन् ।सन् २०१७ मा मोनाको छाडेर पीएसजी पुगेका एम्बाप्पेले क्लबका लागि कीर्तिमानी २५६ गोल गरे । उनले सन् २०१८ मा विश्वकपको उपाधि पनि जितेका थिए ।

उनले रियलसँग सन् २०२९ सम्म क्लबमा रहने करारमा सम्झौता गरेका छन् । उनले प्रतिसिजन १।५ करोड युरो आम्दानी गर्नेछन् भने पाँच वर्षमा करारको बोनस स्वरूप १५ करोड युरो प्राप्त गर्नेछन् । उनले इमेज राइट बापतको केही रकम पनि प्राप्त गर्नेछन् ।

यस्तै, लुका मोड्रिचले पनि क्लबसँग नयाँ करार सम्झौता गर्ने भएका छन् । उनी थप एक वर्ष क्लबमा रहनेछन् । शनिबार क्लबले रेकर्ड १५ औँ च्याम्पियन्स लिगको उपाधि जित्दा ३८ वर्षीय खेलाडी सब्सटिच्युटका रुपमा मैदानमा प्रवेश गरेका थिए । टोटनह्यामका पूर्व खेलाडीको करार यही महिना सकिँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महशुष भयो ?

like

dislike

love

funny

angry

sad

wow