उपचार अभावमा सुत्केरीको मृत्यु

 0
उपचार अभावमा सुत्केरीको मृत्यु

खोटाङ । उपचार अभावमा एक सुत्केरीको खोटाङमा मृत्यु भएको छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–७ की २३ वर्षीया लक्ष्मी बुढाथोकी बस्नेतको सोमबार बिहान मृत्यु भएको हो । 

जिल्ला अस्पताल खोटाङमा उपचार हुन नसकेपछि रेफर गरिएकी बस्नेतको काठमाडौं लैजाने क्रममा बाटैमा मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक बेनु कार्कीका अनुसार सोमबार बिहान ४ बजेतिर मूलकोटमा मृत्यु भएको हो ।

उनले फागुन ७ गते जिल्ला अस्पतालमै नर्मल रूपमा छोरीको जन्म दिएकी थिइन् । स्वास फेर्न गाह्रो भएपछि उनलाई आइतबार जिल्ला अस्पताल भर्ना गरिएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महशुष भयो ?

like

dislike

love

funny

angry

sad

wow