आदिबासी बाहुनी

 0
आदिबासी बाहुनी

युगौँ देखि
सत्ता र धर्म सँग लड्दै
खुकुरी जस्तै नाकहरु सँग भागेर
बल्ल आइपुगेको छु
तिम्रो आदिबासी गाउँमा
एक डबका जाड खुवाउन हौ सोल्टी हजुर
म त युगौँ देखि
तिर्खाइ बसेको छु ।

यो बस्तीमा
फिटिक्कै बस्नु मन छैन मलाई
यहाँ त
सिन्दुरको नाममा
सुहागको नाममा
हरेक दिन सती जानू पर्छ मैले
आफ्नै रहरहरु सँग ।

सोल्टी राजा !
तिम्रो थेप्चे नाक
तिम्रा चिम्से आँखा
चोमोलुङ्मा झै अग्लो मन
पृथ्वीकै सुन्दर रहस्य लाग्छ मलाई ।
सुटुक्क भागी पठाउ कि कसो
नाता गासी पठाउ कि कसो
तयार छ यो बाहुनी
यलम्बरको आमा बन्नुलाई ।
–देवकी अभिलाषी

यो खबर पढेर तपाईलाई कस्तो महशुष भयो ?

like

dislike

love

funny

angry

sad

wow